0 COMMENTS

काठमाडौं०६पुस०७४/पुर्व प्रधानमन्त्रि एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै एमाले र माओवादी केन्द्रबी एकता हुने बताएका छन्।

उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई बधाई दिन बुधबार राष्ट्रिय सभा गृहमा गरिएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब दुई पार्टीबीचको एकतालाई औपचारिकता दिन मात्रै बाँकी रहेको बताएका छन् ।

‘अहिले पनि हाम्रो एकता भाँड्न केही मानिस लागिरहेका छन्’, उनले भने, ‘नभएका कुरा यताबाट उता पुर्याउने र उताबाट यता ल्याउने भइरहेको छ । अब पार्टी एकता भएर छाड्छ, आत्तिनुपर्दैन ।’माओवादी र एमाले चाँडै एउटा पार्टी बन्नुको विकल्प नभएको बताउँदै ओलीले हल्लाको पछि नलाग्न आग्रह गरे । अध्यक्ष ओलीले छिट्टै नयाँ सरकार बन्ने पनि विश्वास व्यक्त गरे । अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।