0 COMMENTS

योनी महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरबाट देखिने प्वाललाई योनीद्वार भनिन्छ । यही योनीद्वारको ठीक भित्रपट्टि गुजुमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ । यसलाई योनिच्छद (Hymen) भनिन्छ ।

पहिले–पहिलेका मानिसहरु योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए–नभएको आधार बनाइन्थ्यो । तर यसलार्इ वास्तविक र वैज्ञानिक अाधार मान्न सकिँदैन ।

कतिपय युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको विकास राम्रोसँग नभएको हुन सक्छ । र यौन सम्पर्क बाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ ।

महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक व्यायाम, साकिलिङ, विभिन्न प्रकार खेल खेल्दा पहिले नै योनिच्छेद च्यातिएको हुन सक्ने चिकित्सकहरु बताउछन् । अहिले आएर याैनसम्पर्क गर्दा रगत अाएनअाएकाे अाधारमा केटीहरुकाे कुमारीत्व थाहा नहुने बताइन्छ । पुरुषमा त यो अझ अप्ठयारो हुन्छ भन्ने कुरा त स्पष्ट नै छ ।

कुनैपनि केटीलार्इ कुनैपनि अाधारमा यस अघि उसले याैनसम्बन्ध कायम गरे नगरेकाे थाहा पाउन नसकिने बताइन्छ । त्यसैले अहिलेसम्म दावी गरिएका कुनैपनि विधी वा प्रयाेगले यस विषय पत्ता लगाएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।