0 COMMENTS

काठमाडौं ०५पुस०७४/ एक युवकले प्रेमिकाकै सहयोगमा बालिकामाथि ३ महिनादेखि यौनशोषण गर्दै आएको खुलासा भएको छ । राजधानीमा ओमबहाल बस्ने भारतीय नागरिक ३२ वर्षिय उमेश सोनीले प्यूठान घर भएकी प्रेमिका जानुका गिरीकै सहयोगमा यौन शोषण गर्दै आएका खुल्न आएको हो ।

अहिले सोनी र गिरी दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । कमजोर आर्थिक अवस्था कमजोर भएकी त्यस बालिकालाई पढाईदिने भन्दै उनले गाउँबाट काठमाडौं ल्याएका थिइन् । डेरामा लगेर उनले बालिकालाई यौनशोषण गराउदै आएको प्रहरीले जनाएको छ ।

उनी प्रेमि सोनीसँग ६ महिनादेखि सँगै बस्दै आएकी थिइन् ।काठमाडौं ओमबहालमा डेरा गरी बस्ने गिरीका श्रीमान बैदेशिक रोजगारका क्रममा बिदेशमा छन् । प्रहरीले भारतीय नागरिक सोनी र जानुका दुवैलाई गत आइतबार पक्राउ गरी जर्बजस्तीकरणी मुद्दामा कारबाही अघि बढाएको छ । मुख्य अभियुक्त सोनी पेशाले इलेक्ट्रिसियन छन् ।

‘जानुकाकै सहयोग र सहमतिमा यौन शोषण हुँदै आएको अनुसन्धानमा खुलेको छ, । डिएसपी थापाले भने,‘भारतीय नागरिकले बिहे गरेर राजस्थान लैजान्छु भनेर प्रलोभनमा पारेर समेत यौनशोषण गरेको पीडित बालिकाले बताएकी थिइन् ।’

पीडित बालिका गत साता ओमबहालको एक पसलमा विषादी किन्न गएकी थिइन् । पसलेले बालिकासँग सोधपुछ गर्दा उनले आत्महत्या गर्न लागेको खुल्यो । ती पसलेकै सूचनाका आधारमा आफुहरुले अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी मोहन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।