0 COMMENTS

इलम ०३पाैष०७४/ ९० लाख लुट्ने गिरोह पक्राउ गरेकाे छ । बल्ने ढुङ्गा बिक्री गर्न भन्दै ठगिएको ठूलो रकमसहित पाँचजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलामले हिजो आइतबार सार्वजनिक गरेको हो ।

बल्ने ढुङ्गा वैधानिकरुपमा अमेरिकामा बिक्री हुने भन्दै व्यवसायीबाट ९० लाख १० हजार रूपैयाँ ठगेकाे थियाे । प्रहरीले गिराेहका सदस्यकाे साथबाट तीन थान पेस्तोल र त्यसमा प्रयोग हुने ७ राउन्ड गोली पनि बरामत गरेका छन् ।

पक्राउमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय राजबहादुर तामाङ्ग, सोही गाउँपालिका– ४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ्ग, वडा नं ६ का ६० वर्षीय योगेन्द्रप्रसाद आङ्देम्बे पक्राउ परे । भने, फिदिम नगरपालिका–१० याङ्नामका ३३ वर्षीय भय विक, फालेलुङ गाउँपालिका वडा नम्बर–८ का ५४ वर्षीय महेन्द्रकुमार दर्जीलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गर्‍यो ।

मुख्य योजनाकार राजबहादुर तामाङले आफूसँग बल्नेढुङ्गा रहेको र त्यसलाई विदेशसमा पुर्‍याए अर्बौमा विक्री हुने भन्दै व्यवसायीलाई प्रलोभन देखाएर व्यवसायीलाई चार करोडमा सो ढुङ्गा किन्न राजी पनि बनाएका थिए ।(नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।