0 COMMENTS

FIFAकाठमाण्डाै १४ असाेज/   फुटवलको विश्व वरियतामा नेपाल ५ स्थान तल झर्दै ९०औं स्थानमा पुगेको छ। फुटवलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १ सय ९० औं स्थानमा पुगेको हो।
अघिल्लो महिनाको बरियतामा नेपाल १ सय ८५ औं स्थानमा थियो। दक्षिण एशियाली देशमा २० स्थान तल झर्दै अफगानिस्तान १५०औं स्थानमा आइपुगेको छ।
यस्तै १२ स्थान तल झरेको भारत १६७औं स्थानमा आइपुगेको छ। ९ स्थान तल झर्दै भूटान १७३औं स्थानमा आइपुगेको छ। एक स्थान सुधारेको माल्दिभ्स १७६ र ७ स्थान तल झरेको पाकिस्तान १७७औं स्थानमा पुगेका छ्न्। बंगलादेश पनि समान ९ स्थान तल झर्दै १८२औं स्थानमा पुगेको छ।

नेपालभन्दा पछाडि श्रीलंकामात्र रहेको छ। उसले आफ्नो वरियता ७ स्थान गुमाएर १ सय ९१ औं स्थानमा पुगेको छ।विश्व वरियताको पहिलो स्थानमा भने अर्जेन्टिना कायमै छ। यस्तै जर्मनी दोस्रो, बेल्जियम तेस्रो, दुई स्थान माथि उक्लिएर पोर्चुगल चौथो स्थानमा पुगेको छ। ५ स्थान माथि उक्लेको स्पेन पाँचौ स्थानमा आइपुगेको छ।

दुई स्थान तल झरेको ब्राजिल सातौ, एक स्थान सुधारेको वेल्स आठौ चिली नवौ र इंल्याण्ड दशौ स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।