0 COMMENTS

कल्पाना बोहरा अछाम २५ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा अछाम १ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलले कम्यूनिष्टले जनताको मत, बिधिको शासन र लोकतन्त्रको सस्थागत बिकासमा लागीपर्ने बताउनु भयो । सदरमुकाम मंगलसेनमा सोमबार भएको बिजयीसभालाई सम्बोधन गर्दै रावलले जनताले कम्यूनिष्टप्रति गरेको विश्वास र भरोसालाई कमजोर हुन नदिने बताउनुभएको छ ।

बाम वगठबन्धनको बिजय संगै नयाँ बन्ने सरकारले देशको विकास र समृद्धिलाई तिब्र गतिमा अघि बढाउने बताउनुभयो । देशको साझा सवाल र जनताका समस्यालाई समाधान गर्नका लागि जनताले बामपन्थी दललाई आफ्नो अभिमत प्रकट गरेको रावलले बताउनुभयो । अछामका सबै ६ सिटमा बाम गठबन्धनका उम्मेद्वार बिजयी भईसकेपछी भएको बिजयी सभालाई सम्बोधन गर्दै रावलले प्रधानमन्त्रि देउवाप्रति ब्यांग्य गर्दै ज्योतिषीमा विश्वास गर्नेका दिन अब सकिएको बताउनुभएको हो ।

अछामका सबै सिट र देशैभरी बाम गठबन्धनका उम्मेद्वार बिजयी भएसंगै राष्टिय अखण्डता र एकताका बिरुद्ध बोल्नेहरुका लागि मुखभरीको जवाफ मिलेको उल्लेख गर्नुभयो । बामपन्थीको सरकार बनेपछि जनताका लागि विकास र समृद्धि दिने र सडक, पुल, बिमानिस्थल, जलबिद्युत आयोजना, अस्पताल जस्ता पूर्वाधार बनाएर जनतालाई खुसी दिने भनदै रावलले कसैले पनी रुन नपर्ने बताउनुभयो ।

कम्यूनिष्टको बिजयले देशको समृद्धि र विकासमा युवा शक्ति र सम्पूर्ण देशवासिलाई परिचालित गर्न समेत सुझाव दिएको रावलको भनाई थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले देशको विकास, आर्थिक समृद्धि र जनताको खुसीका लागि बिपक्षी दल र पराजित उम्मेद्वार संग पनी सहकार्य गरि अघि बढ्न तयार रहेको तर संविधानको अधिनमा रहि जनतालाई माया गरेर अघि बढ्न सिक्नुपर्ने बताउनुभयो ।

बिजयी सभामा अछाम २ मा बिजयी प्रतिनिधिसभा सदस्य यज्ञ बोगटी, प्रदेश सभा सदस्य बिजयी माओवादी नेता झपट बोहरा, अक्कल रावल, एमाले नेता हर्कबहादुर कुवर, बलबहादुर सोडारी, एमाले नेता भीम जनाला, माओवादी नेतृ सरस्वती रावल लगायतले बोल्नुभएको थियो ।

बिजयी सभाको अध्यक्षता एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुवरले गर्नुभएको थियो भने सञ्चालन माओवादी केन्द्रका जिल्ला संयोजक झपट साउदले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।