0 COMMENTS

कल्पना बोहरा , अछाम २४ मंसिर/नेकपा एमालेका उपाध्याक्ष भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । उपाध्यक्ष रावल २४ हजार, ८ सय, ८३ मत प्राप्त गरि बिजयी हुनु भएको हो । उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार भरतकुमार स्वारले १७ हजार, ७ सय, १९ मत प्राप्त गर्नु भएको छ । २ ओटा प्रतिनिधिसभा र ४ ओटा प्रदेससभा क्षेत्र रहेको अछाम जिल्लामा ४ ओटै प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवार विजयी भैसकेका छन ।

जस मध्य क्षेत्र नं १ प्रदेशसभा क मा नेकपा एमालेका गोबन्द कुँवर, २ मा माओबादी केन्द्रका झपट वहादुर बोहरा, निर्वाचन क्षेत्र नं २ प्रदेश क्षेत्र नं क मा माओबादी केन्द्रका अक्कल रावल र प्रदेशसभा क्षेत्र नं ख मा नेकपा एमालेका बलवहादुर सोडारी बिजयी हुनु भएको छ । अछाम क्षेत्र नं २ प्रतिनिधि सभाको मत गणना भैरहेको छ । प्रतिनिधि सभा सदस्य क्षेत्र नं २ का उम्मेदबार यज्ञ बोगटिले सुर्य १९हजार ६ सय ०८ मत ल्याएर अग्र स्थानमा हुनुहुन भने नेपाली कंग्रेस उम्मेदवार पुष्प शाह १६हजार ९सय ९६ ल्याएर उहाँलाई पच्छयाई रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।