0 COMMENTS

२३ मंसिर २०७४,/काठमाडौँ क्षेत्र नं ४ को प्रदेशसभा १ मा काँग्रेसका पुराना नेता नरोत्तम वैद्य विजयी हुनुभएको छ । वैद्यले आठ हजार ७१९ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका निर्मल कुइँकेलले सात हजार ७९४ मत प्राप्त गर्नुभयो ।

कुइँकेल दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं ४ मा काँग्रेस नेता गगनकुमार थापाबाट पराजित हुनुभएको थियो । यो प्रदेशसभामा तेस्रो स्थान विवेकशील साझा पार्टी नै भयो । विवेकशीलका दिपेश श्रेष्ठ वैद्यले तीन हजार ५१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

काठमाडाै क्षेत्र नं. ४ प्रदेशसभा २ बाट वामपन्थी उम्मेदवार कुसुम कार्कीले ठूलाे मतान्तरमा बिजय हाशिल गरेका छन् । उनले विपक्षी उम्मेदवारभन्दा २८९२ मत धेरै ल्याएर विजय हाशिल गरेका हुन् । भर्खर सकिएकाे मतगणना अनुसार कार्कीले १२३४६ तथा उनका निकटतम प्रतिद्वन्द्वि नेपाली काँग्रेसका साधुराम खड्काले ९४५४ मत ल्याएका छन् । साविक महांकाल गाविसमा उपाध्यक्ष तथा अध्यक्ष चलाएर विकास र समृद्धिका क्षेत्रमा याेगदान गरिसकेका कार्कीकाे विजयसँगै क्षेत्र नं. ४ मा वामपन्थीहरूकाेे दरिलाे उपस्थिति दर्ज भएकाे मानिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।