0 COMMENTS


आश्विन १२, काठमाण्डौं ।
अन्नपूर्ण उच्चमावि ज्याठाद्धारा आयोजित अन्तर स्कुल चेस टुर्नामेन्टमा बुढानिलकष्ठ नगर पालीका वडानं १२  कपनमा रहेकाे  पायोनियर इन्टरनेशनल पब्लिक स्कुलले बेष्ट स्कुलको उपाधि उचालेकाे छ  । छात्र र छात्रातर्फ चार÷चार उमेर समुहमा पायोनियरले चार स्वर्ण, २ रजत र ४ काँस्य जितेका थीयाे ।
सोमबार सम्पन्न छात्रा यू १२ समुहमा पायोनियर स्कुलकाे छात्रा आभा पुडासैनी ५ अंकका साथ प्रथम भइन । छात्रतर्फ यू १० मा हिमालयन एकेडेमी किर्तिपुरका सुप्रिम अधिकारी, यू १२ मा विन्धबासिनी माबि टोखाका अनिश डंगोल, यू १४ मा पायोनियरका विराज पुडासैनी र १४ बर्षमाथिको समुहमा आयोजक अन्नपूर्णका मिलन लामा प्रथम भएका थीए ।
टुर्नामेन्टका विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक अन्नपूर्णका प्राचार्य चन्द्रप्रकाश राजभण्डारीको सभापतित्वमा एक कार्यक्रममा नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशी, सहअध्यक्ष सान्ताेषमान सिं प्रधानलगायतले ट्रफि, मेडल, प्रमाण पत्र र नगद पुरस्कार वितरण गरेका थीए । तीन दिने टुर्नामेन्टमा ३२ स्कुलहरुबाट ६० छात्राहरुसहित २०० जना खेलाडीहरु सहभागी थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।