0 COMMENTS

महेन्द्रनगर, धनुषा, १६ मंसिर०७४/ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी जनकपुरमा बम प्रहार गरिएको छ ।

धनुषाको फूलगामाबाट चुनावी अभियान सकेर जनकपुर फर्कंदै गरेका यादव चढेको गाडीलाई लक्ष्य गरी १० मिटर पर सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालको चुनावी अभियानबाट फर्किने क्रममा जनकपुर उपमहानगरपालिका– १२ स्थित नोचा पोखरी नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।