0 COMMENTS

कल्पना बोहरा अछाम १५ मंसिर/प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काग्रेसले जिते जनता यो देशको मालिक बन्ने बताउनु भएको छ । आज अछामको साफेबगरमा आयोजित चुनाबी आमसभालाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले काग्रेसले जनतालाई अधिकार सम्पन्न बनाएर मालिक बनाउने लागेको तर कम्युनिष्टहरु एक दलिय तानाशाह ब्यवस्था लागु गरेर जनतालाई दास बनाउने खेलमा लागेको बताउनु भयो ।

उहाले मुलुकका कम्युनिष्ट शासन आए कहिल्यै चुनाब नहुने र सरकार बदल्ने र बनाउने अधिकार जनतामा नहुने भएकाले अब दास बन्ने कि मालिक बन्ने भन्ने कुरा जनतामा निहित रहेको बताउनु भयो । पार्टी सभापति समेत रहेका देउवाले नेपाली काग्रेसलाई बिश्वले पत्याउने भएकाले बिदेशी सहायता र आर्थिक सहायता केबल काग्रेसले मात्र मुलुकमा भित्तयाउन सक्ने बताउनु भयो ।

देउवाले काग्रेसको बिरोध गर्ने र गाली गर्ने अधिकार जनतालाई दिएकोले काग्रेसको सरकार आए आफु पक्का प्रधानमन्त्री बन्ने र बृद्ध भत्ता दोब्बर बनाउने,बेरोजगार युवाहरुलाई बेरोजगार भत्ता दिएर बिदेश जानबाट रोक्ने,सुदुरपश्चीमको बिकास द्रत गतिमा अगाडी बढाउने बताउनु भयो ।

उहाले देश बिकासमा सबै भन्दा बढी योगदान काग्रेसको रहेकाले मुलुकमा लोकतन्त्रलाई स्थायित्व बनाउन,सबिधान पुर्ण कार्यान्वयनका लागि नेपाली काग्रेसको जित आवश्यक रहेको बताउनु भयो । उहाले बिकास गर्न सक्ने एक मात्र नेपाली काग्रेस भएकाले सिलगढी साफे सडक,अछाम बाजुरा र साफे मगलसैन सडक खण्डको शिलन्यास आफुले गरेपछि निमार्ण समयमै सम्पन्न भएको बताउनु भयो ।

आमसभालाई सम्बोधन गर्दे नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेद्धार तथा जिल्ला पार्टी सभापति भरत कुमार स्वारले आफु जितेर सासद भए नेपाल सरकारबाट पाउने कुनै सेवा सुबिधा नलिने घोषणा गर्नु भएको छ । उम्मेद्धार स्वारले आफुले पाउने तलब भत्ता असाहय टुहुरा बालबालिका,बृद्ध बृद्धा,एकल महिला र बिकासको क्षेत्रमा खर्च गर्ने घोषणा भयो ।

सभापति स्वारले आफ्नो उम्मेद्धारी जिल्लाको बिकासको लागि भएकाले आफुमा कुनै पनि लोभ लालच नभएको बताउनु भयो । उहाले आफु जिबिस सभापति हुदा जिल्लामा २ सय ४२ वटा बिधालय र ६ सय ५० जना युवालाई स्थायी शिक्षक बनाउन सफल भएकोले सम्रग जिल्लाको बिकासको लागि काग्रेसका उम्मेद्धारलाई बिजयी गराउन आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रदेश सभाका क का उम्मेद्धार मेघराज खड्का,ख प्रदेशका उम्मेद्धार पुर्ब जिल्ला पार्टी सचिब टेक बहादुर साउदले एमालेलाई पटक पटक भोट दिएर अछामि जनताले धोका मात्र पाएकाले अब काग्रेसलाई जिताएर समृद्ध अछाम हेर्ने सपना पुरा हुने बताउनु भएको छ ।

उहाहरुले जनताले आफुरुलाई जिताएमा जिल्ला बिकासको बाटोमा अगाडी बढ्ने समेत दाबि गर्नु भयो । नेपाली काग्रेस क्षेत्रिय कार्यसमितिका सभापति कृष्ण बुढाको अध्यक्ष्तामा भएको कार्यक्रमकाृ सञ्चालन देउडा गायक यज्ञराज उपाध्यायले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।