0 COMMENTS

काठमाडौं ११ मंसिर ०७४/ एशिया क्षेत्रको महिला विश्वकप छनौट क्रिकेटको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल विजयी भएको छ ।आज विहान भएको खेलमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो ।बैंककमा हङकङले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि नेरी थापाले ५ चौकासहित सर्वाधिक ३८ रनको योगदान गरिन् ।

रुबिना क्षेत्री १५ र करुणा भण्डारी १४ रनमा अविजित रहँदा काजोल श्रेष्ठले १२ रन जोडिन् । जवाफी ब्याटिङमा आएको हङकङ एक बल बाँकी छँदै ५८ रनमा समेटियो । नेपालकी करुणा भण्डारीले ३, सबनम राई, सिता राना मगर, नेरी थापा र रितु कनौजियाले समान १÷१ विकेट लिए ।समूह चरणमा भने हङकङसँगको खेल बर्षाका कारण प्रभावित भएपछि नेपालले अंक बाँडेको थियो । नेपाल ग्लोबल छनौटमा पुग्न भने असफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।