0 COMMENTS

काठमाडौं, १०मंसिर०७४/काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चमा एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

गोरखाकी युवतीलाई शनिबार बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चको शौचालयमा हातपात तथा जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका–८ भंगाल बस्ने नुवाकोटको थोपरेक–२ का २२ वर्षीय परिक्षण बिकलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

पछिल्लो समय चर्च तथा गुम्बाहरूमा अनैतिक कार्यहरू बढेर गएका छन् । गत साता आफुलाई धर्मगुरु मान्ने टुल्कु लामा बलात्कार काण्डमा दक्षिणकालीस्थित एक गुम्बाबाट पक्राउ परेका थिए ।लाइभ नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।