0 COMMENTS

काठमाण्डाै १०मंसिर०७४/खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चल को प्रथम बार्षिक उत्सव भब्यताका साथ सम्पन्न भएकाे छ । गत मंसिर ४ गते सोमबार का दिन कौशिक गोत्रिय खप्तडी बस्नेतका कौशिक वंशी ऋषिले जप तप गरेको तपोभुमीको रुपमा चिनिएको कौशिक घाट चतरामा खप्तडी बस्नेतहरुले बनाएको खप्तडी बस्नेत अतिथि सेवा सदन चतरा सुनसरीमा खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चलको प्रथम बार्षिक भव्य रुपमा सम्पन्न भएको हाे।

प्रमुख अतिथि खप्तडी बस्नेत वंशावली समितिका केन्द्रीय अध्यक्ष शिव बहादुर बस्नेत , बिशिष्ठ अतिथिहरुमा वंशलता श्री राम बहादुर बस्नेत ,संस्थापक केन्द्रीय अध्यक्ष सुर्य बहादुर बस्नेत , पुर्व केन्द्रीय अध्यक्ष राम बहादुर बस्नेत ,वंशावली समिति का केन्द्रीय सल्लाहकार , वंशावली समिति का केन्द्रीय सदस्यहरु , वंशावली समिति जिल्ला अध्यक्षहरु , युवा समाजका केन्द्रीय प्रवक्ता ,युवा समाजका जिल्ला अध्यक्षहरु , पुर्वाञ्चल युवा समाजका सल्लाहकार पर्शुराम बस्नेत लगायतको आतित्यथा रहेको थियो ।

प्रारम्भ पुर्वाञ्चल युवा समाजको बार्षिक उत्सवमा दियो प्रज्वलन गरि केक काटेर प्रमुख अतिथि बाट कार्यक्रम को उद्घाटन गरिएको थियो । कार्यक्रममा  दिवंगत  पुर्खाहरूकाे आत्माको चिर शान्तिको कामना गर्दै मौन धारण गर्नुका साथै  राष्ट्रिय गान समेत गाईएको थियो । कार्यक्रमका अतिथि वंशावली समिति का केन्द्रीय सदस्य , पुर्वाञ्चल युवा समाज सल्लाहकार साथै संघीय समाजवादी फोरमका केन्द्रीय सचिव समेत रहनु भएको पर्शुराम बस्नेतले खस राज्य र खसहरु नेपाल का आदिवासी भएको र बस्नेतहरु पनि खस क्षेत्री मध्येको एक जाति जस्ले नेपाल को इतिहासमा पृथ्वीनारायण साहले बस्नेत को तरवार र पाण्डे को ढालले आर्जाकाे मुलुक हो सबैलाई चेतना भया : भने शब्दलेनै नेपाल एकीकरणमा बस्नेतहरुकाे महत्वपुर्ण भूमीका रहेकाे  भन्ने कुरा नेपालको इतिहासले स्पस्ट  जनाउछ भन्ने कुरा प्रष्ट्राउनु भयकाे  थीयाे ।

त्यसैगरी अर्का वक्ता युवा समाज पुर्वाञ्चलका सल्लाहकार तथा युवा संघ नेपालका केन्द्रीय सचिव तथा प्रदेश नम्बर – १ का इन्चार्ज  पर्शुराम बस्नेत बिराटनगर ले बस्नेतहरु लाई वंशावली को एक सुत्रमा बाध्नका साथै वन्धत्वको नातालाई प्रगाड बनाउन युवाहरु संगठित भएको देख्न पाउँदा आफु अत्यन्तै खुसी भएको र युवाहरुले गर्ने जस्तोसुकै रचनात्मक र सिर्जनात्मक कार्यहरु प्रति आफ्नो सदैव सहयोग रहने कुरा बताउनु भयो र एक नम्बर प्रदेश का विभिन्न जिल्ला का बन्धुहरु लाई संगठित गर्ने कार्य एकदमै सर्हानिय भएको समेत बताउनु भयो ।

त्यसै गरि वंशावली समिति का पुर्व अध्यक्ष राम बहादुर बस्नेत ले हामीले वंशावली संकलन र वंशावली प्रकाशन हाम्रो अनुभव र हामीले आज भन्दा ३० बर्ष अगाडी बाट सुरु गरेको वंशावली को लता लहारा भर्ने कार्यको निरन्तरता स्वरुप आज युवाहरु लाई यसरी संगठित गर्न महत्त्वपूर्ण भुमिका खेलेको छ , यसर्थ युवाहरुले गर्ने जस्तोसुकै कार्यमा अाफ्नाे सदैव साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रम अतिथि युवा समाजका प्रवक्ता अभिनयमान सिंह बस्नेत ले युवा समाजको स्थापना देखि हाल सम्मका विभिन्न अारोह – अवरोह पार गर्दै आज को अवस्था सम्म आई पुग्दा पुर्वाञ्चल युवा समाजका साथीहरूले पुर्वाञ्चल भरिबाट ब्याकप रुपमा उपस्थिति गराएर प्रथम बार्षिक उत्सव गर्न सफल हुनु भएकाेमा खुसी समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा कुल वंश उत्थान लामो समय देखि लागि पर्नु हुने , साथै कुल वंशका जेष्ठ नागरिक देखि सामाजिक सेवाका विभिन्न क्षेत्रमा योगदान गर्नु हुने व्यक्तिहरु लाई सम्मान गरिएको थियो , यसरी सम्मानित हुने व्यक्तित्वहरु मा
१. खप्तडी बस्नेत वंशावली का वंशलता श्री राम बहादुर बस्नेत , झापा ,
२. केन्द्रीय वंशावली समिति का संस्थापक अध्यक्ष श्री सुर्य बहादुर बस्नेत , बिराटनगर ,
३. पुर्व केन्द्रीय अध्यक्ष श्री राम बहादुर बस्नेत , ईनरुवा
४. खप्तडी बस्नेत कुलका जेष्ठ नागरिक तथा बरिष्ठ समाजसेवी श्री टुङ बहादुर बस्नेत, झापा ,
५. खप्तडी बस्नेत महामष्टो बैदाङ लेखक श्री बिनोद कुमार बस्नेत, बिर्तामोड, झापा ,
६. खप्तडि बस्नेत कुल बाट विभिन्न शैक्षिक संस्थाहरु स्थापना देखि धार्मिक क्षेत्रमा स्थापना लगायत क्षेत्रमा अतुलनिय योगदान गर्नु हुने श्री बद्री कुमार बस्नेत , गाईघाट , उदयपुर लगायतलाई सम्मान गरिएको थियो ।

त्यसै गरि कार्यक्रम मा कलाकारहरुले आफ्नो नृत्य तथा गायन कला समेत प्रस्तुत गरि कार्यक्रमलाई मनोरञ्जन समेत प्रदान गर्नु भएकोले उहाँहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रममा पुर्वाञ्चल का विभिन्न जिल्लाहरु बाट खप्तडी बस्नेतहरुको व्यापक उपस्थिति समेत रहेको थियो । कार्यक्रम को अन्त्यमा कार्यक्रम का सभापति तथा खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चल अध्यक्ष समन सिंह बस्नेत  ले युवा समाजको बार्षिक प्रगति प्रतिवेदन र भावी कार्य योजना समेत प्रस्तुत गर्नु भएको थियो र आगामी दोस्रो बार्षिक उत्वस खप्तडी बस्नेत कुल मन्दिर परिसर, उदयपुर , गाईघाट मा गर्ने घोषणा गर्नु भयो । प्रथम बार्षिक उत्वस कार्यक्रम को संञ्चलन पुर्वाञ्चल युवा समाज सचिव बादसाह बस्नेत ले सञ्चालन गर्नु भएको थियो ।

 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।