0 COMMENTS

काठमाडौ १० मंसिर ०७४/नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अबको निर्वाचनपछि वाम गठबन्धनको वहुमतको स्थिर सरकार बने मुलुकको समृद्धि हुने बताउनु भएको छ ।
काठमाडौ क्षेत्र नं. २ बाट प्रतिनिधिसभका लागि उम्मेदवार बन्नु भएका नेपाले आज काठमाडौ महानगरपालिकाको वडा नं. ३२ मा आयोजित घरदैलो अभियानमा वाम गठबन्धनको बहुमतको सरकार बन्ने र बहुमतको स्थिर सरकारले नै मुलुकमा परिवर्तन ल्याउने दाबी गर्नुभयो ।
काठमाडौको विकास र निर्माणका लागि आफू प्रतिवद्ध रहेको चर्चा गर्द उहाँले भन्नुभयो ‘‘काठमाडौको विकास जुन गतिमा अघि बढ्नुपर्ने हो त्यो हुन सकेको छैन, अवको निर्वाचनपछि यहाँको विकासले तीव्रता पाउँछ ।’’
वडा नं. ३२ को सुविधानगर गैरीधारा,वासुकीनगर क्षेत्रका मतदातासंग भोट माग्दै हिडनु भएका नेता नेपालले फेरि पनि आफूलाई जिताउन आग्रह गर्नु भएको वडा नं. ३२ का सयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटीका संयोजक राजेन्द्र न्यौपानले बताउनुभयो । उहाँले शंखरापुर नपा वडा नं. ९ लगायतका स्थानमा पनि घरदैलो कार्यक्रम गर्नुभएको थियो ।
विसं. २०७० मा काठमाडौ क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएका नेता नेपाल पुनः सोही क्षेत्रबाट यहि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बन्नु भएको हो ।
उम्मेदवारी दर्तासंगै चुनावी प्रचारप्रसारमा व्यस्त रहनु भएका नेपालले अहिलेसम्म १७ वटा वडामध्ये ९ वटा वडामा घरदैलो गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।