0 COMMENTS

काठमाडौँ, ९ मंसिर ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ ।

प्र्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन नेपाली नागरिकलाई आह्वान गर्नुभएको हो । “सरकारले निर्वाचनलाई शाान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु” विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको सबैभन्दा ठूलो यस उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सबैमा अनुरोध गर्नुभएको छ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम संघीय संसद् र प्रादेशिक संसद्का लागि आइतबार ३२ जिल्लामा प्रथम चरणको निर्वाचन हँुदैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।