0 COMMENTS

चुनाव अाउन २ दिन मात्रै बाँकी रहदा देशकाे भाग्य र भबिष्य कस्तो निर्धारण गर्ला याे निर्वाचनले अाम नागरिकमा उत्सुकता छ । बाटाे छाेडेर भिरमा पुगेकाे मुलुक भिरबाट हाम्फालेर दुर्घटना हुन्छ कि फेरि सहि बाटोमा फर्कन्छ याे अत्यन्तै चिन्ताकाे बिषय छ हुनत अाम नागरिकहरु राजनीतिक दलका क्रियाकलाप बाट याे निर्वाचन मा पनि त्यति धेरै उत्साहित छैनन् ।

बिगतमा पनि पटकपटक मतदान गरेका मतदाताहरु अाफ्ना जनप्रतिनिधि बाट अपेक्षा गरे अनुसार काम नभयपछि याे निर्वाचन बाट पनि त्यस्तै काम नगर्ने खालका प्रतिनिधि चुनिए भने मुलुककाे हालत के हाेला भनिरहेका छन् । धेरैजसो उमेदवार पुरानै अनुहार का भयर हाेला मतदान गर्न नागरिक त्यति उत्साहित नभयका हुनत उमेदवारहरुले अाफुले जितेमा चमत्कार गरेर देखाउने झुटा अास्वासन यसपटक पनि दियका छन् । राज्यभित्र रहेका सम्पूर्ण नागरिकहरुलाई समान अवसर , जाति भाषा धर्म संकृति अादिमा हुने गरेको बिभेदकाे अन्त्य , अात्मनिर्भर अर्थतन्त्र , गाँस बाँस कपास शिक्षा स्वास्थ राेजगार प्रतेक नेपालीको माैलिक अधिकार स्थापित , सुसासन , सिमा सुरक्षा , न्यायमा समानता , देशकाे बिकास र सम्बृद्धि अाम नागरिकको चाहना हाे त्याे चाहना पूरा गर्न सक्षम राजनीतिक नेतृत्व अाबस्यक हुन्छ जुन नेपालमा जन्मनै सकेको छैन ।

दुर्गन्धित राजनीतिमा खेलिरहेका नेताहरू बाट सकारात्मक परिवर्तनको अासा राख्न सकिदैन । देशकाे स्वाधीनता सम्मान राणा , पंचायत र राजाको सासनकालमा भन्दा कमजोर बनेको छ । अर्थतन्त्र डामाडाेल छ , मुलुक पुर्णरुपमा परनिर्भर छ , भ्रष्टाचारको त कुरै गरि साध्यै छैन , ५० युवा देश बाहिर छन् यस्तो काहालि लाग्दाे अबस्थामा छ देश एक हिसाबले भिरमा पुगेको छ दुर्घटना हुन बाँकी छ यसबाट बाहिर ल्याउनकाे लागि पनि हामीले कम भन्दा कम खराब उमेदवार लाई निर्वाचनमा बिजयि गराउनुपर्नेछ । राजनीतिक दल जुनसुकै भयपनि राम्रा उमेदवारहरुलाई जिताउन सके देशकाे रक्षा गर्न सकिन्छ । दलिय राजनीति भन्दा माथि उठेर मतदान गर्न अाबस्यक छ यसपटक किनकि देशकै अस्तित्व काे चिन्ता छ । कुनै पनि प्रलोभनमा नपरि स्वबिबेककाे मतदान गराै देशभक्त , ईमानदार , नैतिकवान , सक्षम नेतालाई जिताउ देशकाे रक्षा गराै । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।