0 COMMENTS

दमौली, तनहुँ, ८ मंसिर ०७४/ यही मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी तनहुँ जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेपछि ६४ थान हतियार संकलन भएको छ ।
हतियार राख्न इजाजत पाएका सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीमा ६४ थान भरुवा बन्दुक सहितका हतियार बुझाएका प्रहरीले जनाएको छ ।

कात्तिक मसान्तसम्ममा हतियार बुझाउन भनिए पनि बुझाउन ल्याउनेको हतियार यतिबेला पनि लिइरहेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

“बुझाइएका हातहतियार चुनावपछि फिर्ता गरिनेछ”– उहाँले भन्नुभयो, “अटेर गरी हातहतियार नबुझाउने र शंका लागि खोजतलासका बेला भेटिए त्यस्ता व्यक्तिलाई कानूनबमोजिम कारबाही गरिने छ । ”स्थानीय तहको चुनावमा तनहुँमा बुझाइएका ७१ थान हतियार चुनाव सकिएपछि प्रहरीले सम्बन्धित धनीलाई नै फिर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।