0 COMMENTS

काठमाडौं२८कार्तिक०७४/ नेकपा माओवादी केन्द्रका दुई प्रभावशाली नेता बर्षमान पुन र जनार्दन शर्मामाथी बम प्रहार भएको घटना सेलाउन नपाउँदै भोजपुरमा एमाले नेता शेरधन राईमाथी बम प्रहार गरिएको छ । भोजपुरबाट प्रदेशसभामा उम्मेद्धार बनेका राईलाई लक्षित गरी बम प्रहार गरिएको थियो । राई सकुशल भएपनि उनका अंगरक्षक भने घाइते भएका छन् ।

केही दिनअघि रुकुम र रोल्पामा शर्मा र पुनलाई लक्षित गरी बम प्रहार गरिएको थियो । मंगलबार राईलाई लक्षित गरी भोजपुरको सिमाना रहेको पिखुवा खोलामा बम प्रहार गरिएको थियो । गोगनेको आमसभामा जान लागेका राईलाई पिखुवा खोलाको सडक घुम्ति पारेर बम प्रहार गरिएको थियो । राई चढ्को गाडी लक्षित गरी प्रहार गरिएको बम लागेर अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाको हातमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।