0 COMMENTS

सोलुखुम्बु, २४ कात्तिक०७४/ सोताङमा वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

आज भएको झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र काँग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएको प्रहरीले जनाएको छ । घाइते नेपालीको सोताङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तथा तामाङलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको छ ।

वाम गठबन्धनले पूर्व निर्धारीत कार्यक्रमअन्तर्गत सोताङ बजारमा चुनावी जनसभा आयोजना गरेको थियो । कार्यक्रम तयारीको क्रममा वाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच विवाद भएपछि झडप भएको हो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी निरीक्षकको संयोजकत्वमा थप प्रहरी टोली घटनास्थलमा पठाएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।