0 COMMENTS

काठमाडौं २१कार्तिक०७४/ नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र  अाज सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाले र माओवादी केन्द्रको गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो । कार्यक्रममा माअोवादि अध्यक्ष, पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी अोलीले घोषणापत्र सार्वजनिक गरे ।

गठबन्धनले आगामी चार वर्षभित्र काठमाडौँ तराई– मधेस जोड्ने द्रुतमार्ग निर्माण सम्पन्न गरी भौतिक पूर्वाधारको विकासमा गुणात्मक फड्को मार्ने कार्ययोजना अगाडि सारेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तयार पारेको संयुक्त घोषणापत्रमा काठमाडौँलाई तराई– मधेशसँग जोड्ने महत्वाकाक्षी परियोजनाको रुपमा रहेको द्रुतमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । सो मार्गलाई आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा समेत समावेश गरेको छ ।

आशन्न निर्वाचनपछि पार्टी एकताको तयारी गरेका एमाले र माओवादी केन्द्र संयुक्त घोषणापत्र लिएर मतदातासमक्ष जान लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।