0 COMMENTS

काठमाडौं २१कार्तिक ०७४/ काठमाडौंको स्वयम्भूस्थित सानो भर्‍याङमा गएराति ग १ ख २९८१ नम्बरको माइक्रोले बा ३६ प ६५४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

राति ११ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर २ घर भई हाल युद्ध भैरव गणमा कार्यारत सैनिक हवल्दार केशव बुढाथोकी र मोटरसाइकलको पछाडि सवार प्रकाश बुढाथोकी रहेका घाइते भएका छन्। घाइते दुवैको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न माइक्रोसहित चालकलाई स्वयम्भू प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।