0 COMMENTS

काठमाडौँ, २० कात्तिक०७४/ डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीलाई काँग्रेस सदस्य दिएर प्रवेश गराउनुभएको हो । काँग्रेसमा प्रवेश गर्नुभएका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उहाँको स्वकीय अधिकृतसमेत हुनुहुन्थ्यो । उहाँ माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्यसमेत हुनुहुन्छ ।

त्यस्तै डडेलधुराकै वाइसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत तथा गन्यापधुरा गाउँपालिका–४ का सदस्य नरजित भुल र वीरबहादुर भुल पनि काँग्रेस प्रवेश गर्नुभएको छ । डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ता मानबहादुर धानुक, गोपाल खत्री, मीनराम साउद र धनीलाल पाल पनि काँग्रेस प्रवेश गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।