0 COMMENTS

त्रिशूली(नुवाकोट), २० कात्तिक ०७४/ धान भित्र्याउने मौसममा आएको असिनाबाट जिल्लामा रु. तीन करोडको क्षति भएको छ । 

गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । असिनाले मेघाङ गाउँपालिकाका वडा नं ४, ५ , ६ वडामा पर्ने सामरी भञ्ज्याङ, कल्लाबारी, थुम्का र फलाँटेमा ३९० हेक्टर क्षेत्रफलमा लगाइएको धान ५० देखि ९० प्रतिशतसम्म क्षति भएको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।
यस्तै तारकेश्वर गाउँपालिका–१ दाङ्सिङमा पाँच हेक्टर, विदुर नपा–७ को महादेवखर्क, विदुर –१३ का कल्याणपुर, हुलाकघरका ११५ हेक्टर र ककनी गाउँपालिकाको ओखरपौवामा पाँच हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबालीमा धेरै क्षति पुगेको कार्यालयले जनाएको छ । असिनाले धेरै क्षति पु¥याएपछि कार्यालयले क्षतिको विवरण संकलनका लागि प्राविधकको टोली नै खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।