0 COMMENTS

५ असोज, काठमाडौं /किर्गिस्तानमा आयोजित एफसी यु –१६ च्याम्पियनसिपको उत्कृष्ट उपविजेता बनेको नेपाली फुटवल टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । बिहान टर्किस एअरलाइन्समा नेपाल अवतरण गरेलगत्तै विमानस्थलमा

स्वागत गरिएको हो । स्वागतको लागि विमानस्थलमा सयौं सर्वसाधारणको उपस्थिती भएका थिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ एन्फा अध्यक्ष गणेश थापाले फुटवल टोलीलाई स्वागत गरेका थिए ।

पहिलो खेलमा जोर्डनलाई २–१ले हराएको नेपालले दोश्रो खेलमा आयोजक राष्ट्र किर्गिस्तानलाई ४–२ले हराएको पनि अन्तिम खेलमा ओमानसंग ३–१को हार व्यहोरदै समुह उपविजेता बनेको हो । प्रतियोगिताको नियमानुसार

उत्कृष्ट चार उपविजेता भारतमा हुने अन्तिम चरणको प्रतियोगितामा भाग लिन पाउने छन ।

अर्को खेलमा नेपालसहित अन्तिम चरणको आयोजक भारत, संयुक्त अरब इमिरेट्स (युएइ) थाइल्यान्ड र भियतनाम अन्तिम चरण पुग्न सफल उत्कृष्ट उपविजेता हुन् ।

समूहको विजेताका रुपमा जापान, दक्षिण कोरिया, उत्तर कोरिया, अस्ट्लिया,मलेसिया, कुवेत, इरान, साउदी अरेबिया, इराक, ओमान र उज्वेकिस्तान स्वतः अन्तिम चरणका लागि छनोट भएका हुन् । अन्तिम चरणमा समूह

विजेता ११ र उत्कृष्ट ५ गरि १६ राष्ट्बीच प्रतिस्पर्धा हुनेछ । एएफसी यु १६ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने ४ टोलीले दुई बर्षपछि भारतमै हुने यु १७ को विश्वकप खेल्नेछन् ।

नेपाल यु–१६ च्याम्प्यिनसिपको अन्तिम चरणका लागि छनोट भएको यो लगातार दोस्रो र समग्रमा चौथो पटक हो । यसअघि बालगोपाल महर्जनको प्रशिक्षण र विमल घर्ती मगरको कप्तानीमा नेपाल यु १६ को अन्तिम चरणका लागि छनोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।