0 COMMENTS
बासुदेब सेढाई

 नयाँ सम्बिधान कार्यनयनकाे प्रकृया अन्तरगत स्थानीय तहकाे निर्वाचन सम्पन्न पश्चात् प्रदेशसभाकाे निर्वाचनमा मुलुक अगाडि बढेको छ । विभिन्न संका र उपसंका बिच देशमा स्थानीय निकायकाे निर्वाचन सफलतापुर्बक सम्पन्न भयपछि अब प्रदेशसभा निर्वाचन पनि सफल हुनेमा कुनै संका रहेन तर प्रदेशसभा निर्वाचनको पुर्बसन्ध्यामा नेपालकाे राजनीति तरंगित भयकाे छ कारण ए. मा. ले. , माअाेबादि केन्द्र र नयाँ शक्ति नेपालकाे सहकार्य ।

स्थानीय निकायकाे निर्वाचनमा कांग्रेस लाई साथ दियकाे माअाेबादि र माअाेबादि बाट फुटेर पनि खासै नागरिकको साथ नपाएको नयाँशक्ति ए मा ले संग मिलेपछि ऐले देशैभरि यसैकाे चर्चा छ । अाफ्नै पार्टीभित्र असन्तुष्टि बढेर गुट उपगुट बढ्दै जाँदा ब्यबस्थापन गर्न नसकिरहेका दलहरुकाे याे अाकस्किक एकतालाई धेरैले अचम्म र अाश्चर्यजनक मानेका छन् कतिले यसलाई शुभ कतिले अशुभ संकेत त कतिले बिदेशीकाे चलखेल भनेका छन् । प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल संगै चुनाव पछि पार्टीएकीकरण गर्ने सबै बामपंथी दलहरूलाई एकताबद्ध बनाउने सबै बाम एकैठाम भन्ने एजेन्डालाई मुर्तरुप दिन तिनदल सहमत भयपछि ऐले नेपालकाे राजनीति एकाएक राेचक बनेको छ । नेपालकाे ईतिहासमा बामदलहरु फुटेका छन् तर जुट्न सकेका छैनन् त्यसैले याे पनि अाफ्नाे अस्तित्व बचाउन गरियकाे नाटक हाे भन्छन् कतिपयहरु ।

बिगतमा जे भयपनि पछिल्लो समय ए मा ले माथि नागरिकको बिश्वास रहेको कुरा स्थानीय निकायकाे निर्वाचनले देखाएको छ नाकाबन्दी काे समयमा देखियकाे राष्ट्रिय स्वाधीनताकाे भावना र सम्बिधान सम्शाेधन राष्ट्रिय हितबिपरित भन्दै त्यसका बिरुद्ध लियकाे अडानकाे कारण ए मा ले लाई नागरिकले बिश्वास गरे । मुलुकमा लामाे समय शासन गरेको र देशकाे ठुला ठुला परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेलेपनि राष्ट्रिय हित र अामनागरिकका हितमा नेपाली कांग्रेसले काम गर्न सकेन । मुलुकमा भ्रष्टाचार बढ्नु , देशमा बेरोजगारी बढ्नु , राष्ट्रियहित बिपरित बिदेशीसंग सन्धि सम्झौता हुनु , देशमा रहेका उद्योग धन्दाहरु धरासाहि बनायर बिदेशी सामान बेच्नकाे लागि बजार बनाउनु , देश बिकासकाे काम हुनै नसक्नु अादि अाराेप लागेको छ कांग्रेस माथि । नेपाली कांग्रेसकाे नीति र नेतृत्व राम्रो हुन नसक्दा ऐले बामपंथीहरुकाे बिश्वास बढेकाे छ त्यसैले पनि ए मा ले संग सहकार्य गरेर अगाडि बड्न अरु दल सहमत भयका हुन् ।

मुलुकमा अामुल परिवर्तन गरि गरिब र सर्बहारा बर्गकाे राज्यसत्ता स्थापना गर्ने भन्दै १० बर्ष सशस्त्र युद्धमा संगै हाेमियका माअाेबादि नेताहरू शान्ति प्रक्रियामा अाउदा फुटेर टुक्राटुक्रा भयकाे अबस्थामा फरक बिचार राख्ने ए मा ले संग कसरी एकता हाेला ? चुनावी तालमेलकाे लागि मात्रै एकता हाे भने त्याे खासै अर्थ छैन र अब अाम नेपाली नागरिकहरुले बिश्वास गर्ने पनि छैनन् यदि साँच्चिकै देशैभरिका बामपंथीहरु एकताबद्ध बनायर देशमा स्थिर सरकार देश बिकासकाे लागि हाे भने याे ऐतिहासिक एकता हाे याे एकताले नेपालका राजनीतिक दलहरु प्रति गुमेको नागरिकहरुकाे बिश्वास फेरि जाग्ने देखियकाे छ । नेपाली नागरिकहरुले चाहना भनेको जातीय , छेत्रिय , धार्मिक , भाषिक अाधारमा नागरिक बिच खडा गरिएको बेमेलकाे राजनीति अन्त्य हाेस् र बामपंथी र गैरबामपंथि दुई धारकाे राजनीति हाेस् के नागरिकको चाहना अनुसार मुलुक अगाडि बढेकाे हाे त ? बामपंथीहरुकाे एकतासंगै प्रजातान्त्रिक शक्तिहरु पनि एकताबद्ध हुने तयारीमा अगाडि बढेपछि नेपाली राजनीतिमा शुभसंकेत देखियकाे छ ।

गलत नेतृत्वलाई हटायर देश र नागरिकप्रति जिम्मेवार नेताकाे नेतृत्वमा सम्पूर्ण प्रजातान्त्रिक शक्तिहरुकाे एकता अाजकाे अाबश्यकता हाे। नेपालकाे बामपंथी एकताको चर्चा देशमा मात्रै हाेईन अन्तर्राष्ट्रिय स्तरमा समेत चलेको छ नेपाली राजनीति लाई नजिकबाट नियालिरहेका छिमेकी मित्रराष्टहरुले याे एकतालाई उत्सुकताका साथ हेरिरहेका छन् । ऐले मुलुककाे प्रमुख अाबस्यकता भनेको राष्ट्रिय एकता कायम गर्नु , सार्बभौमसत्ता भाैगाेलिक अखन्डता स्वाधीनता स्वाभिमान काे रक्षा गर्नु , सुसासन न्यायमा निश्पक्षता बिधिकाे शासन , गरिबी बेरोजगारी अशिक्षाकाे अन्त्य बिकसित नेपाल हाे याे अाबस्यकता पूरा गर्न बाम एकता फलदायी बन्नुपर्छ । छिमेकी मित्र राष्ट्रहरुसंग सन्तुलित र सुमधुर कुटनैतिक सम्बन्ध कायम गरि ती देशहरूले गरेको बिकास बाट हाम्रो देशले फाइदा लिन सक्नुपर्छ । नाममात्रको कमिन्युष्ट नभै बिचार र ब्याबहार पनि कमिन्युष्ट हुन अाबस्यक छ । समान्य जिबनशैलि र उच्च बिचार निस्वार्थ भावनाले देश र नागरिकको हितमा अघिबढ्न सफलता मिलाेस बामपंथीहरु लाई हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।