0 COMMENTS
बासुदेब सेढाई

विलासि जिवनशैलिकाे चाहना राख्नेहरुकाे तुलनामा सामान्य जिवनशैलि बिताउनेहरुमा सकारात्मक साेचाई हुन्छ , देश बिकासकाे स्पष्ट दृष्टिकोण हुन्छ , देशभक्त ईमानदार नैतिकता हुन्छ किनकि सामान्य जिवनशैलिमा बिताउनेहरुकाे दिमागमा रचनात्मक बिचार मन्थन भईरहेकाे हुन्छ । सामाजिक सेवा , नागरिकको सेवा , देशको सेवा उनिहरुकाे पहिलाे प्राथमिकता हुन्छ ।

समाज र देशकाे सकारात्मक परिवर्तनमा उनिहरुकाे महत्त्वपूर्ण भुमिका हुन्छ । बिचार झुपडीमा जन्मन्छ र महलमा अन्त्य हुन्छ तर त्यसकाे बिपरित बिलासि जिवनशैलि बिताउनेहरु भ्रष्ट , बेईमान , फटाह , ठग हुन्छन् उनिहरुकाे पहिलो प्राथमिकता खानपान , बसाेबास , मनाेरन्जन हुन्छ जसकाे लागि उसले ठुलो खर्च जुटाउनु पर्ने हुन्छ । भब्य र सानदार महल , महंगो बिलासि गाडि , बिलासि र मनाेरन्जनकाे साधनको प्रयाेग हुन्छ जसले मानिसकाे दिमागमा निस्कने सकारात्मक बिचार निस्कन पाउदैन । अाफु र अाफ्नाे परिवारकाे स्वार्थमा लिप्त हुन्छ ।

भ्रष्टाचार , ठगि , लुट ,राष्ट्रघात , तस्करि जे गरेर भयपनि सम्पति कमाउने मात्रै उद्देश्य हुन्छ जसले समाजमा अशान्ति निम्त्याउछ । अशिक्षामा जगडियकाे नेपाली समाजमा सम्पत्ति कमाउने र बिलासि जीवन जिउने लाई मात्रै सम्मान गर्ने कारणले सामान्य जीवन जिउने बिचारवान ब्यक्ति अाेझेलमा परेका छन् । गलत तरिकाले अकुत सम्पत्ति कमाउने र त्यैसम्पत्ति खर्च गरेर देशकाे नेतृत्वमा पुग्नेहरुसंग देशबिकासकाे याेजना नै नहुने भयकाेले बिकाश असम्भव छ । नेपालमा चलेको दशबर्षे जनयुद्ध यसकाे गतिलाे उदाहरण हाे झुपडीबाट निश्कियकाे बिचार महलकाे बिलासि जिवनशैले समाप्त भयाे र नागरिकको सुख शान्ति र सम्बृध्दिकाे चाहना अधुरै रह्याे । अाज देशमा भ्रष्टाचार नभयकाे कुनै ठाउँ छैन । हजाराै नागरिकको पेटमा लातहानेर लुटेको सम्पति भ्रष्टाचारिले अाफ्नाे परिवारकाे निजि स्वार्थका लागि खर्च गरेकाे हुन्छ । जुनदेशमा बिचार र श्रमकाे सम्मान हुन्छ त्याे देश बिकास हुन्छ तर नेपालमा त्यसकाे बिपरित छ । २०४६ सालदेखि बिकास र सम्बृद्धि काे कुरा सुन्दा सुन्दा अाज २०७४ साल सम्म अाईपुग्दा देशकाे स्थिति झन बिग्रदै गयकाे छ ।

गरिबी , बेरोजगारी , अशिक्षा , महंगिले नागरिक अाक्रान्त छन् । बिदेशि रेमिट्यान्सले देश चलेको छ देशमा उद्योग धन्दाहरुकाे स्थापना हुनसकेका छैनन् । जातिय , छेत्रिय , धार्मिक मुद्दाहरु उठायर नागरिक – नागरिक बिच द्वन्द्व सृजना गरेर भ्रष्टहरुले देश लुटिरहेका छन् । राजनीति अाधारमा जातिय अाधारमा , धार्मिक अाधारमा , छेत्रिय अाधारमा बिभाजित हुनाले नागरिकको एकता कमजाेर छ र सामन्तीहरुलाई ब्रम्हलुट छ । एउटा ईमानदार राष्ट्रसेवक कर्मचारी , राष्ट्रसेवक नेता , मन्त्री , सांसद वा जाे सुकै हाेस् ईमानदार भयर देशकाे सेवा गर्न सक्दैन याे समाज र देशकाे माहोलले उसलाई पनि भ्रष्टाचार गर्न बाध्य पार्दछ । मुलुकमा सुसासन कायम गर्ने जिम्मा लियका सर्बोच्च अदालत , अख्तियार , प्रहरी प्रशासन लगायत राज्यका निकायहरुलाई समेत भ्रष्टाचारिहरुले ठेगाना लगाईसकेपछि अहिले याे देशमा सुसासन नाममात्रको छ । राज्यको जिम्मेवार पदमा रहेर यस्तो अपराध गर्नुकाे मुख्य कारण उ अाफ्नाे जिन्दगी अत्यन्तै बिलासि तरिकाले जिउन खाेज्छ र देश र नागरिक प्रति गैरजिम्मेवार बन्छ । बेला बेला चर्चा हुन्छ महंगाे गाडिकाे , महंगो अावासकाे तर कहिल्यै चर्चा हुदैन नागरिकको गाँस र बासकाे । मन्त्री , सांसद लगायत अन्य बिशिस्ट पदाधिकारीहरुलाई पटकपटक सेवा सुभिदा थप चाहिन्छ भनेर अावाज उठाउनेहरु , अाजिबन सेवासुभिदाकाे कुरा उठाउनेहरु देश र नागरिकको हितका बारेमा अावाज नउठाउनुले जनताको प्रतिनिधि कसरी भन्ने ।

बिश्वमा केही चर्चित माहान ब्यक्तिहरु छन् जसले सामान्य जिबनशैलिमा अाफ्नाे राजनीति यात्रा सुरु गरेर मुलुककाे अामुल परिवर्तन पश्चात् सामान्य जिबनमै जिन्दगी समाप्त गरेका छन् । राजनीति गर्ने र कर्मचारीहरु देश र नागरिकको सेवामा समर्पित हुनुपर्छ निस्वार्थ ढंगले तर अाज राजनीतिकाे खाेल अाेडेर कर्मचारीकाे पगरी गुथेर देश सेवा र नागरिक सेवाकाे भजन गायर अबैध धन्दाबाट सम्पत्ति कमाउनेहरु धेरै छन् । सम्पत्ति जिन्दगी जिउनकाे लागि कमाउने हाे तर यहाँ जिन्दगी सम्पत्ति कमाउनकाे लागि मात्रै हाे भन्ने ठानेका छन् । एकजना धनाड्य ब्यक्तिकाे एकदिनकाे खर्चले १०० जना गरिबकाे खर्च चल्छ । अबैध धन्दाबाट कमायर लुकायर राखेकाे भ्रष्टाचारिहरुकाे अरबाै रकमले लाखौं गरिबहरुकाे जिबनयापन सहज हुनसक्छ मुख्य समस्या नै एहिहाे कसैसँग धेरै र कसैसंग नहुनु देशमा द्वन्द मच्चिनुकाे कारण यहिहाे । कमिसनको लाेभमा देशका उद्योग धन्दा, बिकास अायाेजना हरु राष्ट्रकाे अहित हुनेगरि बेच्न समेत तयार हुन्छन् भने देशकाे नागरिक कसरी भन्नू ? एकपेट खान , एकसराे लगाउन र बस्नकाे लागि अाफ्नाे स्वभिमान लिलाम गरेर भ्रष्टाचार किन गर्छ मान्छे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।