0 COMMENTS

काठमाडौ १२ असोज ०७४/बुढानिलकण्ठ युवा समाजले आयोजना गरेको तेश्रो बुढानिलकण्ठ नगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिताको फाइनल खेल समापन भएको छ | बुढानिलकण्ठ यूवा समाजको आयोजनामा संञ्चालन गरीएकाे तेश्रो बुढानिलकण्ठ नगर कप वडा ब्यापी फुटवल प्रतियोगिताको फाइनल खेल आज बुढानिलकण्ठ बिद्यालयको खेल मैदानमा खेलाइएकाे थीयाे ।  उक्त फाइनल खेलमा बुढानिलकण्ठ नगरपालीका वडानं ३ को शिवपुरी नवज्योति क्लब र बुढानिलकण्ठ नगरपालीका वडानं २ को नेपाली युवा क्लब बिच भएकाे थीयाे  ।जसमा बुढानिलकण्ठ नगरपालीका वडानं ३ को शिवपुरी नवज्योति क्लबले बुढानिलकण्ठ नगरपालीका वडानं २ मा रहेकाे नेपाली युवा क्लब लाइ ३ -० ले पराजित गर्दै प्रतियोगिताको उपाधि हातपार्न सफल रहेकाे छ ।

खेलको पहिलो हाल्फ्मा नेपाली युवा क्लबले खेल आफ्नो पक्ष्म राख्दै केहि राम्रा मौका सिर्जना गरे पनि सफल हुन् सकेन | शिवपुरी युवा क्लबले आफुले पाएको मौकाको सहि सदुपयोग गर्दै पहिलो हाल्फ्मा बिबेक पण्डितको फ्री किक बाट गोल गर्दै अग्रता लिएको थियो | नेपाली युवा क्लबको गोलरक्षक को गल्तीमा शिवपुरीले अग्रता लिएको थियो | नेपाली युवा क्लबका गोल रक्षकले आफुले समातेको बल लाई आफ्नो नियन्त्रणमा लिन नसक्दा रोशन ठकुरीले अर्को गोल थप्दै शिवपुरी नवज्योतिको अग्रता लाई दोब्बर बनाए | दोश्रो हाफमा शिवपुरी नवज्योतिले गोलरक्षक भारत बाबु सहिको ठाउँमा कृष्ण तामांगलाई परिबर्तन गरेको थियो | नेपाली युवा क्लबका अमिर नगरकोटीले प्राहर गरेको आकर्षक फ्री किक लाई शिवपुरी नवज्योतिका कृष्ण ले उत्कृष्ट बचाउ गरेका थिए |कमजाेर गोल रक्षककाे फाइदा उठाउदै शिवपुरी नव ज्योतिले अर्को गोल गर्दै खेल लाई समग्रमा ३-० को नतिजाले आफ्नो पक्ष पार्न सफल भएकाे थीयाे । 

आजको खेलमा बेस्ट मिल्ड फिल्ड सन्जिब कार्की , प्रतियोगिताका कान्छा खेलाडीको उपाधि रोहन शाक्यले त्यस्तै गरि बेस्ट डिफेन्स टेण्डी शेर्पा ,हाइ स्कोरर रोशन ठकुरी र मिलन थापा उत्कृस्ट खेलाडी घोषीत भए भने उत्कृस्ट टिम म्यानेजर राधाकृष्ण थापा ,बेस्ट टिम टिम ग्रीन भयो र सर्बाधिक पास उपलब्ध गराउने खेलाडी शिवपुरीका रोहित खड्का हुन् सफल भए | अनुसासित टिम पन्चकन्य युवा क्लब स्पोर्ट्सम्यानसिप गाम्चा क्लबले र नोबोधित टिम तौलुंग स्पर्ट्स एकेडमी रहन सफल भएको थियो

आजको फाइनल खेलमा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल , बिशेष अतिथिहरु बुनापा वडा ५ का वडा अध्यक्ष बिजय तामांग , वडा नं ४ का वडा अध्यक्ष राजु खड्का ,बुढानिलकण्ठ स्कुलका प्र .अ केशर बहादुर कुवर वडा सदस्यहरु लगायत खेलप्रेमी दर्शकहरुको बाक्लो उपास्थिति रहेको थियो ।

प्रतियोगितामा बिजेता र उपविजेता, उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धब खरेलले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता मा बिजेता बुढानिलकण्ठ ३ को शिवपुरी नवज्योति क्लबलाइ रू  ७० हजार नगद सहित ट्रफी मेडल सहित प्रमाण पत्र प्रदान गरीयकाे र  उपविजेता नेपाली युवा क्लबलाइ रू  ३० हजार नगद सहित ट्रफी मेडल, प्रमाण पत्र प्रदान गरीयकाे  बुढानिलकण्ठ युवा समाजका कार्यक्रम संयोजक संजय ठकुरी ले जानकारी गराय ।   

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।