0 COMMENTS
विष्णुकुमार प्रसाई

देश संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको नाममा विखण्डनतिर अघि बढ्दैछ । यी तीन कालमसानले नेपाल राष्ट्रको अस्तित्व समाप्त पार्ने काम भइरहेको छ । जातीय, क्षेत्रीय हिंसाले सयौको रगत पिइसकेको छ भने हजारौ अङ्गभङ्ग भईरहेका छन् । आफ्नो देशभित्रै शरणार्थी बनिरहेका छन् हजारौ देशभक्तहरु । गणतन्त्रको जामा, पाइजामा लगाएर देश भक्तहरुको गर्धन छिनाइदैछ । नेपाल आमा माथि धावा बोलिदैछ । हाम्रो राष्ट्रियता, हाम्रो सनातन राष्ट्रिय वैदिक संस्कृतिमाथि हिलो छ्यापिदैछ । हाम्रा मानबहादुरहरु रातोरात माइकल बनाइदैछन् । हाम्रा वीरबहादुरहरु रातोरात बज्रेश बन्दैछन् । नेपालको पहिचान मन्दिरै मन्दिरको देश चर्च नै चर्च, झुण्डको देश बन्दैछ । सीमा मिचिदैछन्, देश भक्तहरु लुटिदैछन्, मारिदैछन् । के यही हो गणतन्त्र ? यदि यहि नै गणतन्त्र हो भने अब गणतन्त्रको आयु पुग्यो । अव संघीयताको आयू पुग्यो । अब धर्मनिरपेक्षतालाई सेलाउनु पर्ने स्थिति आयो ।
 
नेपालमा राजसंस्था भएकै कारण नेपालीको नेपाल रहेको थियो । राजसंस्था हटेपछि नेपाली भएर बाँच्न गाह्रो भएको छ । हाम्रो राष्ट्रिय एकता खोसेर विखण्डन गराउने विदेशी, विधर्मीको जालोमा हाम्रा राष्ट्रघाती नेताहरु फसेका छन् । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपाली जनताको चाहना होइन । यो त नेपाल र नेपाली विरोधी आततायीहरुको गुरुयोजना हो । यो योजनामा कांग्रेस, एमाले, माओवादी र कमल थापा जस्ता मिशनरीका एजेन्टहरु लागेका छन् । यस्ता गन्हाउने अनुहारसँग अर्बाैं सम्पत्ति छ । झण्डा र डण्डा यिनीहरुको हातमा छ । अब हाम्रो रगत बग्ने नसामा आहालको फोहोर पानी बग्नु हुन्न । राति नेपाली भएर सुतेका हामी विहान विदेशी बनाउने खेल खेल्दैछन् कांग्रेस, माओवादीहरु । एनजिओ, आईएनजिओको पैसाले एमालेले नक्कली राष्ट्रवादी बनेर जनता झुक्याई नेपाली पहिचान मेटाउन खोज्दैछ । गाईलाई देखाएर राप्रपाको नाममा कमल थापाहरुले इशाई मिशनरीको निर्देशन अनुसार नेपालीपन मास्दैछन् । जहाँ संघ त्यहाँ भंग । जहाँ संघीयता हुन्छ त्यहाँ फुट र कलह हुन्छ । संघीयताकै कारण भारत १० वर्षभित्रमा टुक्राटुक्रा हुँदैछ । त्यहीका जनताहरु भन्ने गर्छन् । वंगालका वंगाली हिन्दुस्तानी भन्दैनन् आफूलाई असमका असमीजहरु हिन्दुस्तानी भन्दैनन् ।
 
पञ्जावका पञ्जावी पञ्जावको मात्र कुरा गर्छन्, तामिलनाडुका तमिल त राष्ट्रभाषा हिन्दी नै बोल्दैनन् । त्यहाँँको टेलिभिजनमा जोग्राफी च्यानल समेत तमिल भाषामा आउँछ । हिन्दी सुन्न पनि पाइदैन । या त तमिल या त इंगलिस । आन्ध्रप्रदेशको पनि त्यहि ताल छ । दक्षिण भारतमा केही वर्ष भित्रैमा ठूलो साम्प्रदायिक र जातीय दंगा फल्ने भारतीय विश्लेषकहरु बताउँछन् । खबौं खर्च गरेर क्रिश्चियन मेडिकल कलेज बनाएको छ अमेरिकाले । दैनिक दशौ करोड संकलन हुन्छ त्यहाँ । त्यो पैसा इशाईकरणमा खर्च गरिन्छ । धेरैतमिल हिन्दु अनुयायी ‘सिएमसी’ अर्थात क्रिश्चियन मेडिकल कलेजको जागिर र सेवा तथा स्रोतले इशाई बनिसकेका छन् । एउटा जिल्लामा हजरौ मदरसा छन् । सिएमसीको छेउमै ८० वटा मस्जिद छन् । ९९ प्रतिशत मुस्लिम महिलाले पेट बोकेका छन् । दश वीस सन्तान जन्माउने र मुस्लिमको संख्या वढाउने नीति नै रहेको छ दक्षिण भारतमा । यो नीति अन्ध्रपदेशलगायत अन्य प्रान्तमा समेत उस्तै छ । त्यहाँ सनातनी हिन्दुहरु पीडित अवस्थामा छन् । यो सबै संघीयता रुपी विषवृक्षका कारणले गर्दा हो । यो सबै धर्मनिरपेक्षताको कारणले हो । 
 
अमेरिका जस्तो देशमा संघीयता लाद्न ५ लाख जनताको हत्या भएको थियो । सुडान संघीयताकै कारणले टुक्रियो, रुस संघीयताकै कारण विभाजित भयो । संसारमा गृहयुद्ध भएका मुलुक संघीयताकै कारण लाखौ नरवली दिन वाध्य भएपनि अहिलेसम्म नरकीय जीवन बाच्दैछन् ।
 
नेपालमा पनि संघीयताले विभाजन ल्यायो । राष्ट्रघातलाई मलजल गर्यो । विखण्डनकारीहरुले नग्न नत्य देखाइरहेका छन् । धर्मनिरपेक्षताका नाममा धर्मपरिवर्तन तिव्र पारिदैछ, हाम्रा प्राचीन धर्मग्रन्थ जलाइदैछ, मिशनरीका कामदार माओवादीका नाममा । हाम्रा संस्कृतिहरु कुल्चिदैछ, गणतन्त्रका नाममा । राष्ट्रिय अस्तित्व कुर्सी र पैसामा साटिदैछ । यस अवस्थामा विदेशी, विधर्मी र नेपाली अनुहारका वा नेपाली नागरिकता बोकेका देशद्रोही आततायीहरुबाट मुलुकलाई वचाउन – देशमा स्थायी शान्ति विकास र उन्नति गर्न हाम्रो राष्ट्रियता एवं सनातन राष्ट्रिय हिन्दु वौद्ध धर्म संस्कृतिको रक्षा गर्न हिन्दु प्रजातान्त्रिक पार्टी नेपालले सवै देशभक्त नेपाली जनतालाई एकतावद्ध गर्दै २०४७ सालको संविधान पुनस्र्थापना गर्ने महान कार्यमा अघि वढ्न अपिल गरेको छ । ‘वर्तमान अस्थिरता र अराजकताको निधान २०४७ सालको संविधान’ भन्ने हिन्दु प्रजातान्त्रिक पार्टी नेपालको मूल नीतिलाई साथ दिन सवै देशभक्तहरुलाई अपिल पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।