0 COMMENTS
सम्मान ग्रहण गर्दै माउष्ट एभरेष्ट स्कुलका प्रधान अध्यापक कमलप्रसाद नीराैला ।

काठमाण्डौ ३१ भदौ०७४/बुढानीलकष्ठ नगरपालीका १० कपनमा रहेको माउष्ट एभरेष्ट स्कुल काठमाण्डाैमा रहेकाे उत्कृष्ट चार स्कुल मध्ये पर्न सफल भएकाे छ ।

नेशनल प्याब्सन काठमाण्डौ जिल्ला कार्यसमिति द्वारा  शुभकामना आदान प्रदान कार्यक्रमकाे अायाेजना गरी सफल स्कुल, बिध्यार्थि तथा शिक्षकहरूलाइ माननीय शिक्षा राज्यमन्त्री शेषनाथ अधीकारीकाे हातबाट सम्मान प्रदानगरीएकाे  थीयाे ।बुढानीलकष्ठ नगरपालीका १० कपनमा रहेको माउष्ट एभरेष्ट स्कुल उत्तरपुर्बीय भेगमा रहेकाे बिध्यालयहरुको संगठन नेसामा अाबद्धता रहेकाे स्कुल हाे ।

एस.इ.इ परीक्षा २०७३मा काठमाण्डाै बाट ३.९ जीपिए ल्याउन सफल उत्कृष्ठ चार तथा छात्रा तर्फ प्रथम रहेकी माउष्ट एभरेष्ट कपन कि सुस्मीता सापकाेटा सम्मान लीदै ।

कार्यक्रममा काठमाण्डाै बाट एस.इ.इ परिक्षा २०७३ मा छात्रहरू सरह  ३.९ जी पी ए  अंक प्राप्त गर्ने प्रथम छात्रा माउष्ट एभरेष्ट इङ्लीस स्कुलकी सफल छात्रा  सुस्मीता सापकोटा  र कपन १० मा रहेकाे माउष्ट एभरेष्ट स्कुल लाइ  काठमाण्डाैकाे चार  उत्कृष्ट स्कुलमा पर्नसफल भयकाेमा बधाइ तथा सम्मान प्रदान गरीएकाे थीयाे ।कार्यक्रममा अन्य  तीन सफल स्कुल र छात्र हरूलार्इ पनी सम्मान गरीएकाे थीयाे ।

नेशनल प्याब्सन काठमाण्डौ जिल्ला कार्य समितिले तराईका बाढीपीडीतहरुको सहयोगार्थ संकलनगरीएकाे नगद रु ५१५५१७ (पाँच लाख पन्ध्र हजार पाँच सय सत्र) रुपैयाको चेक प्रमुख अतिथि माननीय शिक्षा राज्यमन्त्री शेषनाथ अधीकारी मार्फत प्रधान मन्त्री राहत कोषकालागी हस्तान्तरण गरीएको उक्त शुभकामना अादान प्रदान तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि माननीय शिक्षा राज्यमन्त्री शेषनाथ अधीकारीले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटनगर्नुभएकाे थीयाे ।

काठमाण्डौको मीत्रपार्कमा रहेको गोल्डेन लाइट पार्टि प्यालेसमा अायाेजीत कार्यक्रममा विशिष्ठ अतिथी नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्ण वहादुर शाही र कामाण्डौ जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटा, विशेष अतिथिहरुमा नेसनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधीकारी ,मनोज घिमिरे,प्रकाश पाण्डे,कुमार भट्टराइ,श्रृतुराज सापकोटा,लगायत शिक्षा सेवीहरुको बाक्लो उपस्थीती रहेको उक्तकार्यक्रमको सभाअध्यक्ष राष्ट्रिय निजी तथा आवासीय विध्यालय यसोसिएसन नेपालका काठमाण्डौ जिल्लासमिति अध्यक्ष बिष्णु प्रसाद पराजुलीले गर्नु भएको थीयो भने कार्यक्रमका सहभागीहरुलाइ खड्क  बस्नेत ले स्वागत मन्तब्य ब्यक्त गर्दै स्वागत गर्नु भएको थीयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।