0 COMMENTS

काठमाण्डाै २९ भादाै २०७४/एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ ।

सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १४ औं ओभरमा पुरा गर्‍यो । नेपालले चौथो ओभरमै ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका अनिल साह १५ बलमा ३ चौकको मदतले १८ रन जोड्दै क्याच आउट भए । ओपनर सन्दिप सुनारले सर्वाधिक २० रनको योगदान दिँदा सुमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे । सिंगापुरका लागि अभि दीक्षितले २ तथा अंश भार्गभाले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुर २८ ओभर ३ बलमा ६७ रन जोड्दै अलआउट भयो । तेस्रो ओभरमा पेस बलर किशोर महतोले अब्दुल भदेलीयालाई शून्यमा विकेटकिपरको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । किशोरले अर्का ओपनर रोहन रंगराजन (११ रन)लाई पनि नवौं ओभरमा पेभेलियनको बाटो देखाएका थिए ।

सिंगापुरको मध्यक्रमलाई ध्वस्त पार्ने क्रममा पवन शर्राफले ६ विकेट लिए । उनले ८ ओभरमा ४ मेडन राख्दै १२ रन खर्चे । सिंगापुरका लागि सिद्धान्त र कप्तान अर्यमन सुनिलले सर्वाधिक २० रन जोडेका थिए । सिंगापुरका पाँच ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले पनि १/१ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।