0 COMMENTS

ट्राफिक जाम र गाडीकाे कष्टकर यात्रा काठमाडौ का बासिन्दाहरुकाे लागि सधैं टाउको दुखाइकाे बिषय बन्ने गरेको छ । अाफ्ना निजी सबारि साधनहुनेहरु जामकाे हैरानी छन भने सार्वजनिक गाडिमा यात्रा गर्नेहरुका लागि भने झन् समस्या छ । अफिस जाने समय र अफिस छुट्ने समयमा गाडीमा यात्रुहरुकाे अत्याधिक चाप देखिन्छ ।

गाडीमा चढ्न सक्नु , सिटमा बस्न पाउनु र सकुशल अाफ्नाे बासस्थान सम्म पुग्न सक्नु लाई ठुलै युद्ध जिते जस्तै छ यहाँ । लागेको भाडा तिरेपछि अारामले यात्रा गर्न पाउनु नागरिकको अधिकार हाे तर खै त नागरिक अधिकार ? एउटा सिटमा एकजना मात्रै बस्न पाउनुपर्ने हाे तर गाडिमा पाईला टेक्ने ठाउँ हुदा सम्म यात्रुहरू काेचिरहन्छन् उभिएर अत्यन्तै अप्ठ्यारो तरिकाले यात्रा गर्नुपर्ने बाध्यता छ । कमजोर मान्छेहरु त गाडीमा चड्न समेत सक्दैनन् ।

अफिसकाे समयमा रत्नपार्कबाट विभिन्न ठाउँकाे लागि छुट्ने सबारि साधनहरुमा यस्तो समस्या देखिन्छ भने अन्य ठाउँकाे पनि हालत उहीँ छ । अाम नागरिकहरुले दिन रात यस्तो असुभिदा भाेगिरहदा यातायात ब्याबस्था बिभाग भने रमिते बनेर बसिरहेको छ । अाधाघन्टाकाे बाटोमा मुस्किलले एकघन्टामा पुगिन्छ भने राजधानी बाट बाहिरीने गाडिहरु पनि लामो समय जाममा फसिरहेका देखिन्छन् । धुलाे धुवा प्रदुषण उत्तिकै छ राजधानीमा हिलाम्मे बाटो तर निर्माण कार्य भने कछुवा काे चालमा छ । बर्षाै अगाडि भत्कायकाे बाटो जस्ताको तस्तै छ । काठमाडौं लाई नमुना सहर बनाउने कुरा गरिरहदा देखियकाे याे हरिबिजाेग हेर्दा सय बर्ष लाग्ने देखिन्छ । बिकाश निर्माणका काम छिटो किन हुन सकिरहेको छैन ? काठमाडौंका नागरिकहरुले याे समस्या कैले सम्म भाेगिरहने हाे ? सम्बन्धित निकायकाे ध्यान छिटो जावस ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।