0 COMMENTS

u 19 saff football awarded (1)काठमाडौं, असाेज १ – सरकारले उन्नाईस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले ललितपुरको सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरमा  हीजाे भद्राै ३१ गते  भएको समारोहमा खेलाडीहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले २३ खेलाडी, प्रशिक्षक र अन्य प्राविधिकलाई चेक हस्तान्तरण गर्नुभएको हो । मन्त्री पौडेलले १९ वर्षमुनिको साफ फुटबलमा नेपाल र अफगानिस्तान बीचको सेमिफाइनल खेल लगत्तै नेपालले उपाधि जिते एक–एक लाख पुरस्कार दिने घोषणा गर्नुभएको थियो । सम्मानित खेलाडी एवम् प्रशिक्षकलाई खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष एवम् सभासद् गणेश थापा र मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सम्मान गर्नुभएको थियो । खेलकुदमन्त्री पौडेलले फुटबलमा पाएको सफलताले नेपालको प्रतिष्ठा बढेको बताउनुभयो । भदौ ३ देखि १२ गतेसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा नेपाली युवा टोलीले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई पराजित गर्दै उपाधि चुमेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।