0 COMMENTS

पाल्पा, १२ भदौ०७४ /अम्रिसोको कुचोेले बजार नपाएपछि पाल्पाका किसान चिन्तित बनेका छन् ।अम्रिसोखेतीप्रति किसान आकर्षित भए पनि उचित मूल्य नपाउँदा अहिले उनीहरु निराश छन् । यहाँ उत्पादित अम्रिसोका कुचोे भारत निकासी हुँदै आए पनि यस वर्ष निकासीमा समस्या भएपछि कुचोले बजार पाउन नसकेको हो ।

अम्रिसोको व्यावसायिक खेती गर्दै आएका किसानका कुचोे नबिक्दा गोदाममा राखिएका अम्रिसोका फूल कुहिन थालेका छन् । पूर्वखोला गाउँपालिका–२, जल्पाका मोहनबहादुर थापाका अनुसार सस्तोमा समेत कुचो बिक्री गर्न सकिएन, बजारमा लगेर बेच्न खोज्दासमेत बिक्री हुन नसकेकाले यस वर्ष एक हजार ५०० किलो अम्रिसो भण्डार गर्न बाध्य भएका छौँ ।

एउटा कुचोकोे रु ७० मा पहिला गाउँबाट बिक्री हुँदै आएकामा अहिले रु ४० मा समेत बिक्री हुन नसकेको उहाँले बताउनुभयो । एक किलो अम्रिसोको फूलबाट चारवटासम्म कुचोे बनाउन सकिन्छ ।

विपन्न समुदायका मानिसलाई कुचोेले बजार नपाउँदा दशै खर्च जुटाउन समस्या भएको स्थानीयवासी खुमबहादुर सारुले बताउनुभयो । पाल्पा जिल्ला अदुवा, सुन्तला, तेजपात र अम्रिसो उत्पादनमा प्रख्यात छ ।

जिल्लाको जल्पा, मित्याल, झिरुवास, देवी, देउराली, दोभानलगायतका अधिकांश स्थानमा अम्रिसोको व्यावसायिकखेती गर्न थालेपछि उत्पादन बढेको जिल्ला वन कार्यालयका अधिकृत यमप्रसाद पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।