0 COMMENTS

 कतिपयलाई भ्रम हुन्छ की हस्तमैथुनले मानिसलाई Hend-Sexअन्धो पनि बनाउन सक्छ ।

हस्तमैथुनका कारण मानिस दुब्लाउने, कमजोर हुने तथा मानसिक रुपमा पनि विक्षिप्त हुने र यो कुलतको रुपमा विकशित हुने भन्ने खालका धारणा पनि पाइन्छन् । तर यो सर्वव्यापी तथा सबैले आफ्नो जीवनमा गरेकै हुने निकै प्रिय कार्यका विषयमा वैज्ञानिकहरु भने नकारात्मक छैनन् । सबै युवायुवती तथा वयस्कहरु यसमा सहभागी हुने भएपनि यसबारेमा कुरा गर्न भने सबैलाई लाज लागेकै हुन्छ । तर लजाउनु आवश्यक छैन र हस्तमैथुनलाई आफ्नो यौन तथा प्रजनन तन्दुरुस्ती तथा स्वस्थरुपमा यौन सन्तुष्टि प्राप्त गर्ने माध्यमको रुपमा गर्वसाथ अपनाउनु पर्ने हुन्छ । हालै इन्टरनेटमा हस्तमैथुनका फाइदा सम्बन्धी एउटा भिडियोले निकै चर्चा पाएको छ ।

विज्ञानका विभिन्न विषयमा रोचक तथा तथ्यपरक भिडियो तयार पारेर अपलोड गर्ने यु ट्युब च्यानल ब्कबउक्ऋक्ष्भ्ल्ऋभ् मा अपलोड गरिएको भिडियोमा हस्तमैथुनका विभिन्न फाइदाबारे सप्रसँग उल्लेख गरिएको छ । दुइ क्यानेडाली युवाले यो भिडियो तयार पारेका हुन् ।

जस अनुसार हस्तमैथुनका फाइदा यस्ता छन्

१. हस्तमैथुनले मस्तिष्कबाट विभिन्न लाभदायक हर्मोनको उत्सर्जन बढाउँछ । हस्तमैथुनका बेला मस्तिष्कले निकाल्ने डोपामाइन तत्वका कारण तनाव हट्छ र मानिसले रिल्याक्स अनुभुति गर्छ । त्यस्तै चरम आनन्दका बेला उत्सर्जन हुने इन्डोफिर्न हर्मोनले पनि मानिसमा खुसीको संचार गर्दछ र दुखाइ पनि कम गर्छ । महिलामा महिनावारीको बेला हुने पेट दुखाइ कम गर्न पनि हस्तमैथुन सहयोगी हुने बताइएको छ ।

२. हस्तमैथुन शारीरिक स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । जब पुरुषले हस्तमैथुन गर्दछन् तब शरीरको रोग प्रतिरोधी प्रणालीका कतिपय भागहरु सक्रिय बन्दछन् । जसका कारण रगतमा सेता रक्तकोषको मात्रा बढ्दछ । त्यसैले हस्तमैथुन गर्दा रुघा तथा चिसो छिटै निको हुने बताइनछ । त्यस्तै हस्तमैथुनले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा पनि कम गर्छ । विर्यस्खलन हुँदा त्यो सँगै क्यान्सरजनय तत्वहरुको पनि नियमित रुपमा निस्कासन हुने विश्वास गरिन्छ ।

३. हस्तमैथुनले शुक्रकिटको गुणस्तर पनि बढाउँछ । सम्भोग अगाडि हस्तमैथुन गर्नाले सम्भोगका बेला स्खलित हुने शुक्रकिटको संख्या कम हुनुका साथै शुक्रकिटको गुणस्तर पनि बढ्दछ । गुणस्तरीय शुक्रकिटमा गर्भाधान गर्ने क्षमता पनि बढि हुन्छ ।

४. यौनचाहना बढाउनमा पनि हस्तमैथुन सहयोगी हुन्छ । हस्तमैथुनका कारण प्राप्त गरिने नियमित उत्तेजना तथा सन्तुष्टिका कारण पेल्भिक मांशपेशीहरु खुम्चिने र फैलिने हुँदा मांशपेसीलाई पर्याप्त व्यायाम मिल्दछ । यसरी उत्सर्जन हुने हर्मोनका कारण उमेर बढ्दै जाँदा यौन चाहना घट्दै जाने समस्या पनि केही कम हुन्छ ।

तर सधै एउटै विधि तथा तरिका अपनाएर हस्तमैथुन गर्नु राम्रो मानिँदैन । त्यसो गरियो भने वास्तविक यौन सम्पर्क गर्दा समेत आनन्द नमिल्ने समस्या हुनसक्छ । त्यसैले हस्तमैथुनका विधि, प्रविधि तथा तरिकामा परिवर्तन गरिरहनुपर्छ । यदि यसो गरियो भने सम्भोगका बेला समेत यौन सन्तुष्टि नमिल्ने समस्या हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।