0 COMMENTS

समाजको आवाज,काठमाण्डौ ६ भदौ २०७४।उत्तरपुर्बीय बिध्यालयहरुको संगठन नेसाको आयोजनामा बुढानीलकष्ठ नगरपालीका वडा नं १० कपन मा रहेको माउष्ट एभरेष्ट ईङ्गलीस स्कुलमा सम्पन्न भएको हिन्दु महीला हरुको माहानचाड तीज पर्वमा आधारीत तीज नृत्य प्रतीयोगीताको उपाधि सेन्ट डेभिज एकेडेमी स्कुलले जीत्न सफल भएको छ ।

 उत्तरपुर्बीय बिध्यालयहरुको संगठन नेसाको आयोजनामा सम्पन्न उक्त प्रतीयोगीतामा नेसामा आबध्द रहेका नौ वटा स्कुलहरु बीच प्रतीस्पर्धा रहेको थीयो प्रतीयोगीतामा माउष्ट एभरेष्ट ईङ्गलीस स्कुल, घट्टराज मेमोरीयल स्कुल,सिल्भर स्राइन एकेडेमी स्कुल,हिमसीला बोर्डीङ स्कुल, के.यू. सिटी स्कुल, सेन्ट डेभिज एकेडेमी,एजेज ग्रेडेढ ईङ्गलीस स्कुल, बाल गीतान्जली स्कुल, सरस्वती ऐकेडेमी स्कुल, हरुका बिध्यार्थीहरु को सहभगी रहेको थीयो ।

प्रतियोगितामा क्रमश सेन्ट डेभिज एकेडेमी प्रथम,सिल्भर स्राइन एकेडेमी दोस्रो,के.यू सिटी स्कुल तेस्रो र संयाेजक  माउष्ट एभरेष्ट इङ्लीस  स्कुल कपनले सान्त्वना स्थान हासील गरेकाे थियाे ।कार्यक्रममा के.यु सिटी स्कुलकी एक छात्रा उत्कृष्ट डान्सर घोषण भएकी थीइन् ।प्रतीयोगीतामा बीजयी बिध्यार्थीहरु लाई आयोजक संस्थाको तर्फबाट कार्यक्रम संयाेजक रहेकाे माउष्ट एभरेष्ट स्कुलका प्रधान अध्यापक कमल प्रसाद नीराैलाले  कप, मेडल,प्रमाण पत्र,सहीत निर्णायकहरु लाइ मायाँको चीनो प्रदान गर्नुभएकाे थीयो भने कार्यक्रमा सम्पुर्ण स्कुलका संस्थापक/प्रिन्सीपलहरूकाे उपस्थीति रहेकाे थियाे ।

कर्यक्रम माउष्ट एभरेष्ट स्कुलका ब्यबस्थापन समीती अध्यक्ष गणेश कुमार मीश्रले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गरीएकाे थीयाे भने स्कुलका सह प्राध्यापक सीताराम भट्टरार्इले उपस्थित अतिथिहरू लाइ स्वागत मन्तब्य ले स्वागत गर्नु भयकाे थियाे ।

हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको उक्त नृत्य प्रतीयोगीता बहुभाषिक, बहु धार्मिक र सांस्कृतिक रुपमा धनि रहेको नेपालको समग्र सांस्कृतिक महत्व बुझ्न र यसको जगेर्ना गर्न विद्यार्थीलाई बोध गराउने उद्येश्यका साथ आयोजना गरिएको कार्यक्रम संयोजक माउष्ट एभरेष्ट ईङ्गलीस स्कुलका प्रीन्सीपल कमल प्रसाद नीरौलाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।