0 COMMENTS

राम सिह धामी,दार्चुला,साउन २२/दार्चुला जिल्लामा व्यवसायिक रुपमा पशु पालन गरिरहेका कृषकहरुले पालेका पशुहरुमा कृत्रिम गर्भाधानको व्यवस्था नहुँदा किसानहरुले सास्ती भोग्नु परेको किसानहरुले बताएका छन् ।

फर्म दर्ता गरेरै दुध उत्पादनका लागि गाई फर्म सञ्चालन गरेका किसान तथा जर्सीपालेका किसानहरुलाई साढे नहुँदा तथा जिल्ला पशु सेवा कार्यालयमा समेत कृत्रिम गर्भाधानको भरपर्दो व्यवस्था नहुँदा किसानहरुले भारतबाट सेवा लिनु परेको बताएका छन् । पटक पटक भारतबाट सुई लिएर गाईमा कृत्रिम गर्भाधान गराउँदा सास्ती हुने गरेको र विस्वसनीय पनि नहुने गरेको जर्सीपालक कृषक मोहनीदेबी अवस्थीले बताइन् ।

त्यस्तै गरी जानकी गाई पालन फर्ममा पनि पशुहरुको गर्वाधानको समस्या बेला बेला आउने गरेको कृषक बहादुर शाहीले बताउनु भयो ।जिल्लामा रहेको यो समस्या समाधानका लागि यसै आर्थिक बर्षमा साँढे खरिद गर्नको लागि ४० हजार रुपैँया गल्फैमा रहेको गौमाता गाई पालन फर्मलाई सहयोग गरिएको र केही मात्रामा यो समस्या समाधान हुने जिल्ला पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख पशु चिकित्सक मोहनदेब भट्टले बताउनु भयो ।त्यसैगरी नेपालगञ्जबाट नाइट्रोजन ग्याँस सहित कृत्रिम गर्भाधानका लागि इन्जेक्सन ल्याउँदा ढुवानीमा समस्या हुने गरेको पनि जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।