0 COMMENTS

कल्पना बोहरा,अछाम १८ साउन/अछाममा पछिल्लो समय फलफुल खेति तर्फ किसानको आकर्षण बढ्दै गएको छ । आयआर्जनका लागि र उत्पादनका हिसावले फलफुल वाट राम्रो मानिएकाले जिल्लाका किसानहरु यसतर्फ आर्कषित भएका हुन । किसानहरुमा बढ्दो चेतना र आर्कषणका कारण फलफुल खेति तर्फ बढी आकर्षित हुदै गएको जिल्ला कृषि विकाश कार्यालयका निमित्त प्रमुख भुवन बहादुर मल्लले जानकारि दिनु भयो । त्यसका लागि जिल्ला कृषि विकास कार्यालय अछाम वाट पनि वर्षेनी ठुलो संख्यामा फलफुलका बिरुवा ढुवानी अनुदानमा बितरण कार्य समेत गरिरहेको उनको भनाई छ ।

यो वर्ष वितरण गरिएका फलफुल मध्ये किसानहरुको माग बढि आँप भएकाले तिन प्रजातीक आँपका विरुवाहरु वितरण गरिएका छन । यो वर्ष वितरण गरिएका आपका विरुवाहरु मध्ये अम्रपाली जातका विरुवाहरु २ हजार विरुवा मध्य १९५० विरुवा वितरण गरिएको छ । प्रतिगोटा ७५ रुपैयाका दरले बितरण भईरहेका बिरुवाहरुको सत प्रतिशत ढुवानी अनुदानमा बितरण गरिएका हुन ।

यस्तै पाली जातका आँपका विरुवाहरु जम्मा २७ सय विरुवा खरिद भएका मध्ये २६ सय विरुवा प्रतिगोटा २५ का दरले, सुन्तला २ हजार मध्ये १७ सय वितरण भएका छन । सुन्तला पनि प्रतिगोटा २५ रुपैयाका दरले ढुवानी अनुदानमा बितरण भएका छन । यस्तै ९ सय गोटा कागतीका विरुवा मध्ये सबै विरुवा वितरण भईसकेका छन । कागती पनि ढुवानी अनुदानमा प्रतिगोटा २५ रुपैयाँका दरले बितरण भएका छन । कार्यालयले ९ सय जुनारका विरुवा मध्ये ८ सय विरुवा प्रतिगोटा २५ रुपैयाँका दरले ढुवानी अनुदान वितरण गरेको जनाईएको छ ।

फलफुलका बिरुवाहरु बितरण गरेवाफत जिल्ल कृषि विकास कार्यालयले यो वर्ष २लाख ९६ हजार २ सय ५० रुपैयाँ आम्दानी गरेको जनाइएको छ । जसमा २ लाख ११ हजार २ सय ५० रुपैया आँपका विरुवा बाट मात्र आम्दानी भएको हो भने सुन्तला बाट ४२ हजार ५ सय, कागती बाट २२ हजार ५ सय तथा जुनार बाट २० हजार आम्दानी गरेको निमित्त प्रमुख मल्लले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।