0 COMMENTS

राम सिह धामी दार्चुृला साउन १७ /जिल्ला प्रशासन कार्यालय दार्चुलामा नागकरिता लिनेहरुको गत आर्थिक वर्षको असार अन्तिम सातादेखि भीड लाग्ने गरेको छ । प्रदेश तथा संघीय निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकता लिनेहरुको भीड लाग्ने गरेको छ । ग्रेड बृद्धि परीक्षा दिन सदरमुकाम खलंगा आएका विद्यार्थीहरु मौकामा नागरिकता बनाउने भन्दै नागरिकता लिने गरेपछि जिल्ला प्रशासनमा भीड लाग्ने गरेको हो ।

आज मात्रै ४३ जनाले नयाँ नागरिकता बनाएको तथा ९ जनाले नागरिकताको प्रतिलिपि लगेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।साँथै जिल्ला निर्वाचन कार्यालय दार्चुलाले सोमबार देखिस्थानिय तहबाटै फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सञ्चालन गरिरहेकाले पनि नेपाली नागरीकता बनाउनेको संख्या बृदिभएको जोशीले बताउनु भयो । महाकाली नगरपालिकाको हकमा जिल्ला निर्वाचन कार्यालयबाटै मतदाता नामावली संकलन तथा अद्यवधिक कार्य सञ्चालन गरिने तथा अन्य ८ ओटै स्थानिय तहको केन्द्रबाट फोटो सहितको मतदाता नामावली संकलन कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

आगामी प्रदेश तथा संघीय निर्वाचनका लागि निर्वाचन आयोगले साउन १ गतेदेखि १५ गतेसम्म ७५ ओटै जिल्लामा जिल्ला निर्वाचन कार्यालयबाट र साउन १६ गतेदेखि ३२ गतेसम्म प्रत्येक स्थानिय तहबाट मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सञ्चालन गर्न लागेको हो । साथै यसअघि प्रकाशित नामावलीमा नाम तथा ठेगानामा फरक परेकाहरुले पनि यही अवधिमा सच्याउन सक्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले जानकारी दिनुभयो ।

साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावलीमा ७ सय ८७ जना महिला तथा ८ सय ९४ जना पुरुष गरी १६ सय ८१ जनाले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक विदाका दिन समेत नामावली संकलन तथा अद्यावधिक कार्य सञ्चालन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।