0 COMMENTS

तुलसीपुर (दाङ), १६ साउन०७४/ समयमा पर्याप्त वर्षा नहुँदा दाङमा हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।जिल्ला कृषि विकास कार्यालयका अनुसार देउखुरी क्षेत्रमा सिाचाइँ सुविधा भएका कारण त्यस क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिकाको सिँचाइ सुविधा पुगेका केही वडामा मात्र धान रोपाइँ सम्पन्न भए पनि अन्य ठाउँमा खेत बाँझै छन् ।

किसान धान रोपाइँ गर्नका लागि ब्याड राखेर तयारी अवस्थामा बसेका छन् । तर पर्याप्त मात्रामा वर्षा हुनसकेको छैन् । जिल्लामा ३६ हजार हेक्टर जग्गामा धानखेती हुदै आएको बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले बताउनुभयो । चालीस प्रतिशत खेती आकाशे पानीको भरमा हुने गर्दछ । यस वर्ष जिल्लाका धेरै किसानले हाईब्रिड जातका धान युएस ३१२, युएस ३१६, चाँदनी, तारा लगायत लगाएका छन् ।

केही स्थानमा विन्देश्वरी, राधा १७ हर्दिनाथ लगायतका जातका धानखेती गरिएको छ । वर्षा नहुदाँ यस वर्ष उत्पानदमा गिरावट आउने अनुमान गरिएको छ । जिल्लामा मलको कुनै अभाव नभएको कृषि सामग्री संस्थानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।