0 COMMENTS

मुम्बई । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी प्रहरी फन्दामा परेकी छिन् ।
पोर्नस्टार हर्कत छाड्न नसकेकी सन्नीले फेरि पनि त्यस्तै हर्कत गरेका कारण उनीमाथि प्रहरीले कानुनी कारवाही गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको लुधियानाको एक समाजिक संस्था रक्षा ज्योति फाउन्डेशनले सन्नी लियोनविरुद्ध अश्लीलत फैलाएको आरोपमा मुद्दा हालेपछि प्रहरीले त्यसमा अनुसन्धान सुरु गरेको हो । टेलिभिजनमा प्रशारण भइरहेको एक अश्लील विज्ञापनलाई लिएर प्रहरीका कमिश्नर र जिल्ला अधिकारीलाई संस्थाले उजुरी दिएको हो, जसमा सन्नी लियोनलाई समाजमा अश्लीलता फैलाएकाले कानूनी कारवाहीको मांग गरिएको थियो ।
यता प्रहरीले यो घटनाको अनुसन्धान सुरु गरेको छ । र कारवाही प्रक्रिया पनि छिट्टै अगाडि बढाउने बताएको छ । यद्यपी प्रहरीको कारवाही यो कुरामा निर्भर रहने छ की अनुसन्धानमा सन्नी लियोनको विज्ञापनको अश्लीलता र वयान भन्ने छिन् ।
भर्खरैमात्र सन्नी लियोनीले एक कण्डमको विज्ञापनमा सबै देखाएकी छिन् । उनको यो विज्ञापनको राजनीतिक नेता तथा सांसदहरुले समेत विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।