0 COMMENTS

रमिला बस्नेत , उदयपुर,असार ३१/ शनिबार ,चाैँदण्डिगढि नगरपालिका बेल्टार बसाहा उधाेग बाणिज्य सँघले हालसालै निर्वाचित पदाधिकारिहरुलाई स्वागत कार्यक्रम गरेकाे छ ।

उक्त कार्यक्रममा चाैउदण्डि नगरपालिकामा रहेका दस वटै वडाका वडा अध्यक्षहरु,मेयर तथा उपमेयर उपस्थित थिए।त्यस्तै उक्त कार्यक्रममा इलाका प्रहरी कर्यालयका प्र .नि .आशाराम चाैधरी ,ससस्त्र प्रहरी निरीक्षक गढेश दत्त पाण्डे,पत्रकारहरु र बुद्धिजीवीहरुकाे पनि उपस्थिति रहेकाे थियाे। कार्यक्रममा स्वागत मन्तव्य उध्याेग बाणीज्य सँघकाे उपाध्यक्ष चुना थापा मगरले गर्नु भयाे,भने खाँदा तथा टिका लगायर अध्यक्ष पवन कार्किले स्वागत गर्नुभयो ।

कार्यक्रममा मायाकाे चिनाे प्रहरी निरिक्षक अाशाराम चाैँधरिले मेयर खगेन्द्र राईलाई हस्तान्तरण गर्नुभयाे। त्यसैगरि उपमेयर साथै वडा अध्यक्षहरुलाइ कदरपत्र उधाेग बाणीज्यसँघका अध्यक्ष पवन कार्कि,उपाध्यक्ष चुना थापा मगर र बुद्धिजीवी बासुदेब थापाले हस्तान्तरण गर्नु भयाे।कार्यक्रममा उपस्थित मेयर खगेन्द्र राईले सडक निर्माण नभएको ठाउँमा खन्ने ,खनेकोमा ग्राव्हेल गर्ने र ग्राव्हेल गरेकोमा कालोपत्रे गर्ने बताउनुभयो ।अस्पताल ,विध्यालय बजार जान अाउनका साथै विधुतकाे खम्बा ठाउँ ठाउँमा लगि नगर विकास गर्न सहज हुने भएकोले सडक निर्माणलाई नै प्राथमिकता दिएकाे मेयर राईले बताएका छन् ।

साथै विभिन्न पाटिबाट अायतापनि एउटै सिद्धान्त र निर्णयमा रहि काम गर्न निर्वाचित सम्पूर्णमा अनुराेध गर्नुभयो । उक्त कार्यक्रमका अायाेजक उध्याेग बाणिज्य सँघका अध्यक्ष पवन कार्कीले चाैँदण्डि नगरपालिका कहि पाहाडी त कहि तराई भेग पर्ने भएकोले बाटो ,खानेपानी बजार ब्यवस्थित गर्न सम्वन्धित सबैसँग हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष कार्कीले कृषि बजारलाई प्राथमिकता दिई सबै वडामा एक एक बजार ब्यवस्था गर्न वडा अध्यक्षहरुले कार्यनीति अपनाउनु जरुरि रहेको बताउनुभयाे। यस्तै निम्ताे स्विकार्दै उपस्थित भएकोमा सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।