0 COMMENTS

काठमाडौं ३०, साउन०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र अध्यक्ष कमल थापा र बरिष्ठ नेता पशुपति शम्सेर राणाबीच फाटो बढ्दै गएको छ ।

राणाले आज विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले पार्टीलाई आफ्नो ‘बिर्ता’जस्तो बनाउन खोजेको आरोप लगाएपछि राप्रपामा बिग्रह बढेको स्पष्ट भएको हो ।

राणाले विज्ञप्तिमार्फत केन्द्रीय सदस्यलाई सुइँकोसम्म नदिई हालै ४२ जना केन्द्रीय सदस्य मनोनयन गरिएकाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय फिर्ता लिएर पार्टीलाई बिग्रहबाट बचाउन अध्यक्ष थापालाई सचेत गराएका हुन ।

राणाले जारी गरेको विज्ञप्तिमा ‘एकांगी रुपमा गरिएको सो निर्णय फिर्ता लिएर पार्टीलाई विग्रह तथा प्रत्युत्पादक आन्तरिक द्वन्द्वमा फस्नबाट बचाइयोस्’ भनिएको छ । थापाको एकल निर्णयले केन्द्रीय कार्य सम्पादन समितिको अस्तित्व र उपस्थितिलाई पूर्णरुपमा नकारेको र पार्टीलाई अध्यक्षको एकल बिर्तामा रुपान्तरण गरिएको सन्देश गएको राणाको आरोप छ ।

केन्द्रीय समितिको बैठक साउन ४ गते बोलाइएको अवस्थामा त्यसअघि नै आफूहरुलाई थाहा नदिई अध्यक्षले मनोनयन गरेको राणाको गुनासो छ ।हेराै प्रेश बक्तब्य

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।