0 COMMENTS

पथरी (मोरङ), २२ भदौ । विराटनगरस्थित जिल्ला खेलकुद विकास समिति मातहतमा रहेको कवर्डहलको खेलकुद सामग्री गायब भएको छ ।

जिम्मेवारी पाएको जिल्ला खेलकुद विकास समितिले पनि उक्त विषयमा आफूलाई जानकारी नभएको बताएको छ । त्यहाँस्थित कवर्डहलको विद्युतीय चिम, कुर्सी तथा ब्याटमिन्टनको नेट, नेट राख्ने पाइप गायब भएको छ ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले दुई दिनभित्र घटनाका विषयमा जिल्लासँग जानकारी लिने बताउनुभयो । सामान्यतया कवर्डहलभित्र सम्बन्धित निकायको अनुमतिबिना खेल्न र त्यहाँ भएका सामग्री कसैले पनि प्रयोग गर्न पाउँदैनन् तर सम्बन्धित निकायको बेवास्ताका कारण कवर्डहलमा प्रयोग गरिएका सामान गायब भएका हुन् ।

सामान एकाएक गायब पारिएपछि त्यहाँ हुने खेलसमेत प्रभावित भएको कराँते प्रशिक्षक विमल पोखरेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।