0 COMMENTS

कपन, २०भदौ ।हिजाे शनीवार १९ गते बुढानिलकनण्ठ नगरपालीका वडानं १३ कपन मा रहेकाे पायाेनियर स्कुलकाे अायाेजनामा चौथौं पायोनियर अन्तर स्कुल चेस टुर्नामेन्ट सम्पन्न भएकाे छ खेलमा छात्र जुनियरतर्फ पायोनियरका अनिल लामा प्रथम, सम्पूर्णराज न्यौपाने द्धितीय र विजय लामा तृतीय भएका छन् भने छात्र सिनियरतर्फ ग्रीनल्याण्डका सुसन गौतम प्रथम र बिशाल सुनुवार दोश्रा र पायोनियरका बिराज पुडासैनी तेश्रो भए ।
त्यसैगरी छात्रा तर्फ ग्रीनल्याण्डकीे सुजाना लोहनी प्रथम, महाँकालकी सुरुची थिङ्ग दोश्रो र पायोनियरकी संगीता कार्की तेश्रा भइन् ।
दुईदिने टुर्नामेन्टमा रनिङ्गशिल्ड २७ अंकका साथ आयोजक पायोनियर इन्टरनेशनल पब्लिक स्कुलले जितेकाे छ ।
त्यस्तै प्रथम बुढानिलकण्ठ नपा खुल्ला चेस टुर्नामेन्टतर्फ पायोनियर चेस क्लबका सुदिप तामाङ्ग प्रथम, ग्रीनल्याण्डका सुरज लोहनी दोश्राे र रामचन्द्र देवकोटा तेश्राे भए ।
विजयी खेलाडीहरुलाई एक समारोहबीच खेलविज्ञ केशवराज गौतमले पुरस्कृत गरेका थिए । टुर्नामेन्टमा २५ स्कुलका १०२ खेलाडीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।