0 COMMENTS

अहिले मधुमेह रोगी दिनहुँ बढ्दो छ । अस्तव्यस्त जीवनशैली, खराब खानेकुरा र व्यायमको कमीले मधुमेह जस्ता रोग निम्याउने गर्छ । जब मधुमेहले समात्छ, तब त्यसबाट छुटकारा पाउन गाह्रो हुन्छ । मधुमेह पूर्ण रुपमा निर्मूल हुने पनि होइन, बरु यसलाई नियन्त्रित भने गर्न सकिन्छ । मधुमेह वा ब्लड सुगर लेभललाई कसरी नियन्त्रण गर्ने त ?

जौ सजिलै उपलब्ध हुने अन्न हो । यदि हामीले खानाको रुपमा जौको प्रयोग गर्ने हो भने, यसले ब्लड सुगर लेभल नियन्त्रण गर्छ । किनभने जौमा फाइबरको मात्रा अधिक हुन्छ । यसले शरीरमा ग्लुकोजको स्टरलाई मेटाबोलाइज गर्न मद्दत गर्छ ।

१. खानामा जौ सामेल गर्ने

२. व्यायामः
व्यायमसहितको स्वस्थ जीवनशैलीले तपाईंलाई मधुमेहबाट बचाउन सहयोग गर्छ । व्यायामले तपाईंलाई मधुमेहलगायत विभिन्न रोगबाट टाढा राख्त । तपाईंले आफ्नो दिनको सुरुवात साधारण गतिविधी जस्तै साइक्लिङ र जगिंगबाट गर्नसक्नुहुन्छ ।१५ मिनेटजति योग, प्राणायाम गर्ने वा ३० मिनेटभन्दा बढी दौडने गर्नुहोस् ।विशेषज्ञका अनुसार बिहान र साँझ नियमित रुपमा १५ मिनेट हिँड्ने गर्नुपर्छ । यसले शरीरमा ब्लड सुगर लेभललाई नियन्त्रण गर्छ ।मधुमेह रोगीको लागि हिँडडुल गर्नु राम्रो व्यायम हो ।

३ मेथी
ब्लड सुगर लेभल नियन्त्रण राख्नका लागि मेथी निकै राम्रो खाद्य पदार्थ हो । यसका लागि एक चम्चा मेथी पाउडर तातो दुधमा मिलाएर दिनहुँ पिउनुपर्छ । यसले तपाईको ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

४. फल खाने
ताजा फलमा भिटामिन ए र सी हुन्छ, जसले रगत र हड्डी स्वस्थ्य राख्छ । यसका साथै जिंक, पोटासियम, आयरन, फाइबर पनि हुने भएकाले ब्लड सुगर लेभल नियन्त्रण गर्छ ।

५. सब्जी खाने
पालक, गोभी, करेला, लौका जस्ता सब्जी मधुमेह रोगीका लागि निकै उपयोगी हुन्छ । यसमा कम क्यालोरी हुनका साथै भिटामिन सि, म्यागनेसियम धेरै हुन्छ ।

६. प्रशस्त पानी पिउने
मधुमेह रोगीले दैनिक अढाई लिटर पानी पिउनैपर्छ । यसले मधुमेह नियन्त्रण गर्न सघाउ पुर्याउँछ ।

७ भिटामिन डी
शरीरमा भिटामिन डीको कमीले इन्सुलिनको मात्रा बढ्छ । यसैले सहि मात्रामा भिटामिन डि लिनुपर्छ, जसले ब्लड सुगरको लेभल कम गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।