0 COMMENTS

ललितपुर१९, जेठ०७४ /ललितपुरको सानेपास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले सानेपा खरिबोट नजिक रहेको घरमा छापा मारेर २३ जनालाई पक्राउ गरिएको एसपी मिरा चौधरीले जानकारी दिइन।

प्रहरीले जुवा खेलाउने नागपाल र तारा शर्मालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट ६० लाखभन्दा बढी रकम र १० हजार वटा क्वाइन बरामद गरेको छ। मिनि क्यासिनोको रुपमा सो घरमा दैनिक जुवा खेलाइने गरेको सुराकीका आधारमा प्रहरीले छापा मारेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।