0 COMMENTS

अक्सर गरेर खराब जीवनशैली अपनाइरहँदा धेरै दिक्कपना र झन्झटको सामना गर्नुपर्ने हुन्छ । विभिन्न झन्झटमध्ये अहिले ढाड दुख्ने समस्या प्रमुख बनेको छ ।

यस्तो अवस्थाम निहुरिएर भइँमा खसेको सामान पनि टिप्न नसक्ने अवस्थासम्म सिर्जना हुने गर्दछ । लामो समयसम्म एकै स्थानमा बसिरहन पनि समस्या हुन्छ । यदि तपाई यही समस्याबाट गुज्रिरहनु भएको छ भने चिन्ता नलिनुस् । अब यहाँ विभिन्न आसनबारे बताउन गइरहेका छौं, जसले तपाईको पीडालाई कम गर्न मद्दत गर्दछ ।

१. भुजंगासन

यो आसनमा व्यक्ति सर्पको मुद्रामा बस्ने गर्दछ । यो आसन गर्नाले पीठको मांसपेशिमा मालिस हुने गर्दछ र बिस्तारै कमर दुख्ने समस्या हट्छ ।

२. पवन मुक्तासन

यो आसन गर्नाले घुँडाको जोर्नीमा दबाब सिर्जना हुने गर्दछ । जसले गर्दा रक्तसञ्चारमा वृद्धि हुने गर्दछ र पीठको नीच भागमा आरामको महशुस हुने गर्दछ ।

३. कटीचक्रासन

यो आसन पनि दुखाई कम गर्न अति नै लाभदायक मानिन्छ । यो आसन गर्दा रीडको हड्डीमा लचिलोपना आउने गर्दछ । साथै मांसपेशीमा पनि ऊर्जा भरिने गर्दछ ।

४. त्रिकोणासन

त्रिभुजकोजस्तो आकार देखिने भएकोले यो आसनलाई त्रिकोणासन भनिएको हो । यो आसनले हात, खुट्टा र मांसपेशीमा दबाब सिर्जना भई लचिलोपना आउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।