0 COMMENTS

hritikदुई छोरा भईसकेपछि श्रीमती सुजैनसँग पारपाचुके गरेका बसेका ऋतिक रोशनलाई अहिले एउटै पिरलो छ, त्यो हो अभिनेत्री कंगना रनौटसँग नाम जोडिनु ।

उनले यतिबेला मुख खोलेका छन् । उनि आफु सिंगल रहेको बाएका छन् । भारतीय सञ्चारमाध्यमहरुले ‘तपाई र कंगनाको बढ्दो हिमचिमले धेरै कुराहरु उब्जाएका छन् नी’ भन्ने प्रश्नको उत्तर दिदै उनले भने, ‘म यस विषयमा के नै पो भन्न सक्छु होला र । तर एउटा कुरा के बुझ्नुहोस् भन्दा अहिलेपनि म सिंगल नै छु ।’

९० को दशकको चलचित्र आशिकीको ‘धीरे-धीरे’ बोलको नयाँ भर्सनसहितको गीत सार्वजनिक गर्दै उनले आफु र कंगना बिच कुनै पनि विशेष सम्बन्ध नरहेको बताए । सोहि क्रममा ‘सार्वजनिक गीत कसलाई समर्पित गर्न चाहनुहुन्छ’ भन्ने प्रश्नमा उनले भने -‘मेरो जीवनमा अहिले कोहिँ पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।