0 COMMENTS

काठमाडौं, भदौ ११ – नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षPatrick-Aussemsकमा बेल्जियमका प्याट्रिक एजम्स नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले प्याट्रिकलाई शुक्रबार ६ महिनाका लागि राष्ट्रिय फुटबलको प्रशिक्षकमा नियुक्त गरेको हो ।

नवनियुक्त मुख्य प्रशिक्षक प्याटि्रक एजम्सले मासिक ७ हजार डलर तलब पाउने र नेपालले साफ च्याम्पियनसिप जितेमा १५ हजार डलर छुट्टै बोनस दिइने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ

नयाँ प्रशिक्षक नियुक्त भएसँगै अहिले राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका ध्रुब केसीले भने प्राविधिक सहल्लाहकारका रुपमा काम गर्ने एन्फाले जनाएको छ ।

एन्फाले बिहीबार मात्र एजम्सलाई नेपाली टोलीको मुख्य प्रतिक्षक नियुक्त गरेको थियो । बेल्जियमका पूर्व अन्तराष्ट्रिय खेलाडी एजम्स बिहीबार नै काठमाडौं आइसकेका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एजम्सको तलवका लागि युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्नेछ ।साफ च्याम्पियनसिपलाई लक्षित गरेर असिम्सलाई ६ महिनाका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो । चार महिनापछि भारतमा साफ च्याम्पियनसिप फुटबल हुनेछ ।
एजम्सले नेपाली टोलीको प्रशिक्षक हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । भारतसँगको मैत्रिपूर्ण फुटबलपछि साफको तयारी थाल्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।